Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ग्रेस एस ई इ सुपर स्टार–२०१९ को उपाधी प्रयुक्ता चन्दको पोल्टामा

Sunday, June 2, 2019 National Power

ग्रेस इभेन्ट्स र मोडल सङ्स नेपाल प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “ग्रेस सि सुपर स्टार नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको उपाधी प्रयुक्ता चन्दले जित्न सफल भएकि छिन् ।
राष्ट्रिय नाच घर जमल काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर र छात्रवृति समेत प्राप्त गरेका छिन । मिख्याल सङ्मेन,मिग्मा शेर्पा क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए । मस्ट पपुलर तर्फ जेविस जोशी र अडियन्स च्वाइस् रन्जु सुन्चउरिले ताज आफ्नो पोल्टामा हाल्न सफल भएको कुरा मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले जानकारि गराए ।

प्रतियोगिताको फोटो क्युपिड फोटो स्टुडियोका विन्द्र प्रजापति गरेका थिए । यस सौन्दर्य प्रतियोगिता मार्फत सि परीक्षा दिएर फुर्सदिलो भएर बसेका क्षमता र तिव्र इच्छा र चाहना हुदा हुँदै स्कुले जिवनमा व्यस्थ र पठन पाठनले सहभागी हुन नपाएका प्रतियोगिलाई मध्यनजर गर्दै , निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरु तथा पुरूषहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गरिएको थियो ।
शिवानी रिजालले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर दिवश भट्टराई र असिस्टेन कोरियोग्राफर मनिशा सापकोटाले एक महिनाभन्दा बढिको प्रशिक्षण पश्चात प्रतिस्पर्धीहरुलाई स्टेजमा उतारिएको थियो । कार्यक्रममा प्रतिस्पर्धीहरुको ड्रेस डिजाईन भने पेजेन्ट नेपालबाट फेसन डिजाईनर ममथा बस्नेतले गरेकि थिईन ।

कार्यक्रमको प्रमुख निर्णायकमा मोडल तथा नायक दिवश धिताल,शुशिला थापा ,सुजन रिमाल, नन्दा बस्याल , हेमन्त कुमार राई निर्णायक रहेका थिए । विभिन्न कलाकारहरूको रोचक प्रस्तुतीले कार्यक्रममा अझै रौनकता थपेको थियो साथै कार्यक्रमको प्रत्यक्ष प्रसारण यश टेलिभिजनले गरेको ग्रेस ईभेन्ट्सका प्रमुख सुरज थापाले जानकारी गराए ।