Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

चर्चित गीत ङोल्स्यो रामह्रानीको छायांकन सम्पन्न

Sunday, June 2, 2019 National Power

सर्वाधिक चर्चामा रहेको गुरुङ्ग भाषामा आधारित चलचित्र राम्ह्रानिको सिर्ष गित ङ्गोल्स्यो राम्ह्रानिको छायांकन स्याङ्गजाको ठुलीभन्ज्याङ्गमा सम्पन्न भएको छ। नृत्य निर्देशक लब्सन गुरुङ र गणेश गुरुङको कोरियोग्राफिमा निर्माण भएको उक्त गितलाई खिम बहादुर गुरुङले छायांकन गरेको हो।

आदिम कला मन्च पोखराको विशेस सहयोगमा उक्त गीतको सुटिङ्ग भएको छ । लगातार १३ घण्टा सम्म भएको सुटिङ्गमा चलचित्रका नायक रामप्रसाद गुरुङ, नायिका इशा गुरुङ्ग र नायिका सपना गुरुङ्ग मुख्य भूमिकामा रहेका छन्। स्थानिय आमा समूह र सुर्यदय युवा क्लबको सक्रियतामा उक्त गितलाई छायांकन गरिएको थियो।

गुरुङ चलचित्र जगतका लोकप्रिय गायक एबम् संगितकार मनोज गुरुङको शब्द संगित तथा स्वरमा रहेको उक्त गितमा नेपालका चर्चित गायिका मिलन आमात्यको पनि आवाज रहेको छ। बजारमा व्यापक लोकप्रियता कमाइ रहेको ङ्गोल्स्यो राम्ह्रानी गित जस्तै भिडियो पनि उत्कृष्ट बन्ने अपेक्षा सहित कम्पनीका अध्यक्ष बिबेक गुरुङले यहि जेठ मसान्तसम्म सो गितको भिडियोलाई बजारमा ल्याउने तयारी गरेको बताउनु भयो।

यथार्थ परक सामाजिक घटना र प्रेम कथामा आधिरित चलचित्र राम्ह्रानिले आज भन्दा ३० बर्ष अगाडिको गुरुङ्ग समुदायलाई ब्युताउने प्रयास गरेको छ। चलचित्रको निर्माण पक्षलाई हंगकंग बाट जंग बहादुर गुरुङ्ग भूपू र धनराज गुरुङ्गले साथ दिनु भएको छ।

स्वस्ती फिल्मस् प्रालिको प्रस्तुतिमा स्याङ्गजाको ओकादी र ठुलिभन्ज्याङ्गका विभिन्न स्थानमा छायांकन गरिएको उक्त चलचित्रलाई विभिन्न नेपाली चलचित्रहरुमा द्वन्द निर्देशन गरि सक्नु भएका जनक गुरुङ्गले निर्देशन गर्नु भएको भएको हो। चलचित्रमा राम प्रसाद गुरुङ्ग, सपना गुरुङ्ग, सुशान गुरुङ्ग, इशा गुरुङ्गको मुख्य भूमिका रहेको छ भने स्थानिय कलाकारहरुले पनि स्क्रिन सेयर गरेका छन्।