अरबिन्द्र गौतम / बनेपा
१८ , जेष्ठ / काभ्रेपलान्चोक – बनेपा देवी घर्ती मगर र नवराज दाहाल आँशु झारी झारी बोलको गित आज बाट सार्वजनिक भएको छ । नेपाली सांगीतिक बजारमा पछिल्लो समयमा गीतहरुको लहर निकै बढी रहेको बेला फरक धारको गीत बजारमा आएको छ ।
नवराज दाहालको शब्द, संगीत रहेको छ भने देवी घर्ती मगर र नवराज दाहालको स्वर रहेको छ ।
गीतलाई सविन गौतमले निर्देशन गरेका छन् भने सागर गौतमको छायांकन रहेको म्यूजिक भिडियोलाई बिनोद बमले सम्पादन गरेका छन् ।
गीतमा सविन गौतम र प्रन्शा दाहालको जीवन्त अभिनय देख्न सकिन्छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.ली.बाट आज मात्रै बजारमा आएको छ ।
भिडियो ।