Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सरकारले ल्याएको बजेटप्रति सत्तारढकै नेताको असन्तुष्टि

Saturday, June 1, 2019 National Power

काठमाण्डौ – सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताले असन्तुष्टी जनाएका छन् । सत्तारुढ दलका नेता हरिबोल गजुरेलले शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले विगतको भन्दा राम्रो बजेट आएपनि किसानलाई उत्साहित गर्ने गरि कृषि क्षेत्रमा योजना र बजेट आउन नसकेको तथा शहीद परिवारको सम्बोधन नभएकोमा असन्तुष्टी जनाए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नारायण खड्काले युवा परिचालन, कर्मचारीको तलब वृद्धि लगायत सामाजिक सुरक्षाको दायित्वलाई बहन गर्न सक्ने गरि राजश्वका आधारहरु श्रृजना हुन नसकेको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक डाक्टर प्रकाशचन्द्र लोहनीले बजेटले सन्तुलन गुमाएको बताए । आर्थिक संकटलाई नियन्त्रण गर्ने सरकारको राजनीतिक प्रतिवद्धता, हिम्मत, नैतिकता र क्षमता बजेटमा नदेखिएको टिप्पणी उनले गरे । उनले बजेटमा सामाजिक सुरक्षा र सांसद विकास कोष लगायत प्रचारमुखी कार्यक्रमको दायित्व वहन गर्ने राजश्वको क्षमता वृद्धिको आधार कमजोर रहेको बताए ।