Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

के के समेटिएको छ त आर्थिक वर्षको बजेटमा

Thursday, May 30, 2019 National Power

काठमाडौं– संघिय संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट सरकारले विनियोजन गरिएको छ । जसमा चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ र पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख बजेट विनियोजन भएको छ । जसमा विनियोजन तर्फ १ खर्ब ६७ अर्ब विनियोजन भएको छ ।
बजेटले बृद्धभत्ता बृद्धि देखि कर्मचारीको तलब समेत बृद्धि गरेको छ । सबै क्षेत्रलाई समेट्ने गरी बजेट वितरण भएको देखिएको छ । यता व्यापक आलोचना भएको निर्वाचन क्षेत्र विकासको लागि रकम बढेर आएको छ ।

पूर्वअर्थमन्त्री डा.बाबुराम भट्टराइले बजेटलाई निरन्तरताको प्रक्रिया भनेका छन् । आम जनताले गरेको सुधारको अपेक्षअनुसार बजेट नआएको बताएका छन् । उनले यस बजेटलाई वितरणमुखी बजेट भनेका छन् ।
यता नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले हावामा गफ दिएको र वितरणमुखी बजेट ल्याएको आरोप लगाएका छन् । यता दीगो विकास लक्ष्य र पन्ध्रौ योजनालाई आधार बनाएर बजेट तयार भएको अर्थमन्त्री डा.युवराज खतिवडाको भनाइ छ ।

बजेटले यसपटक सरकारी कर्मचारी र बृद्धबृद्धालाई खुसी बनाएको छ । राजपत्र अनंकितका लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीका लागि १८ प्रतिशत वृद्धि गरिएको छ । उच्च पदमा कार्यरत कर्मचारीसँग कार्यसम्पादन सम्झौता नगरिने बजेटले भनेको छ । आयोजना प्रमुखले ९० प्रतिशत अंक पाए सरुवा नगरिने व्यवस्था बजेटमा छ । यसैगरी बृद्धभत्ता एक हजार बढाएर ३ हजार पुर्याइएको छ ।
व्यापक आलोचनाका बीच बढ्यो संसदको निर्वाचन क्षेत्र बजेट, ४ करोडबाट ६ करोड पुग्यो संसदलाई दिइँदै आएकोे निर्वाचन क्षेत्रको विकासको बजेट बढेको छ । यसअघि ४ करोड पाउँदै आएका संसदले अबदेखि ६ करोड पाउने भएका छन् । देश संघिय संरचनामा गएपछि पनि यस्तो बजेट बढ्नुलाई विश्लेषकहरु दुर्भाग्य भएको बताउँछन् । अर्थविदहरु संघियता फेल गराउँने यस्तो बजेटको मनसाय भएको बताउँछन् ।

सरकारले रोजगारीलाई प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । स्वरोजगारीलाई व्यवस्था गर्न विउ पुँजीको व्यवस्था गरिएको छ । श्रम तथा रोजगार क्षेत्रमा सात अर्ब १४ करोड विनियोजन भएको छ । ५ लाख रोजगार सृजना गर्ने भनिएपनि नितिगत फड्को मार्ने बजेट नआएको डा।बाबुराम भट्टराईको तर्क छ ।

बजेटले शिक्षामा विशेष जोड दिएको छ । शिक्षा र माध्यमिक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको छ । ७० जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने बजेटको उदेश्य हो । राष्ट्रपति शिक्षा सुधार कोष सञ्चालन गरिने बजेटमा भनिएको छ । शिक्षामा ‘चिनौ आफ्नै देश बनाऔ आफ्नै माटो’ नारा लिएको छ । दिवा खाजाका लागि ५ अर्ब ९५ करोड विनियोजन भएको छ ।

‘चिनौ आफ्नै माटो बनाऔं आफ्नै देश’ अभियान अन्र्तगत प्राविधिक विषय र गणित, अंग्रेजी र विज्ञान विषयमा शिक्षक नपुग भएका स्थानमा स्नातक र स्नातकोत्तर अध्ययनरत गरिरहेका विद्यार्थीलाई शिक्षक स्वयंसेवकका रुपमा परिचालन गर्ने भनिएको छ । जसका लागि एक अर्ब ५० करोड विनियोजन भएको छ । दिवा खाजाका लागि आमामार्फत दिइने गरी ५ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

भूमिको दिगो समाधानको लागि भूमि ऐन ल्याइने बजेटमा भनिएको छ । अतिक्रमित सरकारी जग्गा आगामी आर्थिक वर्षभित्र सरकारीकरण गरीने भएको छ । यस्तै भूमि व्यवस्था र छुट जग्गा दर्ता गर्ने अभियान बजेटले लिएको छ । यसैगरी भूमिको दीगो उपयोग गर्न भूमि ऐन ल्याइने, भूमि बैंकको स्थापना गरिने र जग्गा भाडामा उपलब्ध गराइने भनेको छ ।

जलस्रोतलाई समृद्धिको संवाहकको रुपमा विकास गर्ने गरी बजेट ल्याइएको छ । आगामी वर्ष १ हजार मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रणालीमा जडान गरिनेछ । बुढीगण्डकीलाई १३ अर्ब विनियोजन गरेको छ । बुढीगंगालाई २ अर्ब २ करोड रुपैया विनियोजन भएको छ । उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड विनियोजन गरिएको छ ।

सरकारले ठुला बैंकलाई मर्जमा जान प्रोत्साहनको नीति लिएको छ । बैंकहरुको संख्या घटाउने उदेश्यले अर्थमन्त्री डा।युवराज खतिवडाले ठुला बैंकलाई मर्जमा जान प्रोत्साहनको नीति लिएका हुन् । बजेट मार्फत यस्तो व्यवस्था गरिएको छ ।

२ दर्जन उत्पादनमा आत्मनिर्भर बनाइने लक्ष्य बजेटले लिएको छ । यसका लागि अत्यावश्यक वस्तु उत्पादनमा निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गरिने भनिएको छ । नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट दिइने र व्याजमा ५ प्रतिशत अनुदान दिइने भनिएको छ ।

सरकारले उपहार दिँदा स्वदेशी उत्पादन नै दिनुपर्ने व्यवस्था बजेटले गरेको छ । निर्माणमा स्वदेशी सिमेन्ट र छड प्रयोगलाई प्रोत्साहन गरिने, उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको क्षमता विस्तार गरिने बजेटमा उल्लेख छ ।

वित्तिय पहुँच अभिबृद्धि, ठुला बैंकलाई पनि एक आपुसमा गाभ्न प्रोत्साहन गर्ने नीति बजेटले लिएको छ । एक वर्षभित्र सबै बालिग नेपालीको बैंक खाता खोल्ने नीति बजेटले लिएको छ । अबदेखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था भएको छ बजेटमाफर्त सो व्यवस्था गरेको हो ।

घुम्ती बिमा सार्वजनिक गरिनेछ । विदेशी संस्थालाई नेपालमा पुर्नबिमा गर्न प्रोत्साहन गरिनेछ । भुक्तानीमा विद्युतीय प्रणालीलाई प्राथमिकता दिइनेछ । सरकारले दिने सबै थरीको भत्ता, अनुदान तथा सेवा सुविधा बैंकिङ च्यानलबाट मात्रै वितरण गर्ने ।

उद्योग बाणिज्य तथा आपुर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड रुपैयाँ बिनियोजन भएको छ । काठमाडौ निजगढद दु्रतमार्गका लागि १५ अर्ब १ करोड विनियोजन पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउका लागि १९ अर्ब १८ करोड विनियोजन । हुलाकी राजमार्ग कालोपत्रे गर्नका लागि १३ अर्ब विनियोजन गरिएको छ । सडक पूर्वाधार विकासका लागि ४ अर्ब ४५ करोड विनियोजन भएको छ । सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने । रेल तथा मोनोरेलका लागि ७ अर्ब ७० करोड विनियोजन । पूर्वाधार विकासका लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरेको छ । रेल र पानीजहाजको लागि १ खर्ब ७३ अर्ब विनियोजन भएको छ । यातायात व्यवस्थापन शिर्षमा १ अर्ब ५३ करोड विनियोजन भएको छ । बाढी पहिरोमा परेर घरबारविहिन भएका र २० हजार घरको खर र फुसको छाना फेर्न ५३ करोड विनियोजन भएको छ । आगामी वर्षभित्रै ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र निर्माण गरिनेछ । महाकाली नदीमा बन्ने पुलका लागि ९० करोड विनियोजन । धरहरा पुर्ननिर्माण कार्य २ वर्षमा सम्पन्न गर्न १ अर्ब विनियोजन । शिक्षा बजेट १ खर्ब ६३ अर्ब, स्वास्थ्यमा ६८ अर्ब ७८ करोड रुपैयाँ विनियोजन ।

रातोपाटीबाट