Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सुकेधारा र अनामनगरमा विष्फोट, ३ जनाको मृत्यु

Sunday, May 26, 2019 National Power

काठमाडौं – सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले ३ जनाको मृत्यु भएको पुष्टि गरे ।
सुकेधारामा भएको विस्फोटमा परेर २ जनाको मृत्यु भएको छ । विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो । घटनामा ६ जना घाइते भएका छन् । अनामनगर घट्टेकुलोमा एक जना घटनास्थलमै मृत भेटिएका छन्, मृतकको नाम खुल्न सकेको छैन

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पुर्‍याइएको छ । अनामनगर घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ । तर, आफैं वा कसैले विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताए ।