Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ठूलो परिमाणमा नक्कली भारतीय रुपैयाँसहित समातिए युनुस अन्सारी

Friday, May 24, 2019 National Power

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जना छन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले नक्कली नोट बरामद भएको पुष्टि गरेका छन् ।

‘दुई वटा व्रिफ केशमा नोट बरामद भएको हो’, उनले अनलाइनखबरसँग भने, ‘गन्ने काम भइरहेको छ ।’ विमानस्थल प्रहरी स्रोतका अनुसार कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका थिए । नसरुद्दिन उनीहरुलाई रिसिभ गर्न पुगेका थिए । युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो । केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक समेत थिए । उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीतर्फ समानुपातिक सभासद थिइन् ।