Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गीतकार डा. डीआर उपाध्याय द्वारा विश्व कीर्तिमान

Monday, May 20, 2019 National Power

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गर्ने डा. डीआर उपाध्यायका आज राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनिक गरिएको हो । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जोशीलाई ५१ हजारको राशी सहित सम्मान पनि गरिएको थियो ।

डा. डी आर उपाध्यायले यस अघि एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका थिए । डा. डीआरलाई आज पनि चार ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । आज उनले प्राप्त गरेका चार एभेरष्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेस भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेस भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बम जसमा विभिन्न ८ ताल समावेसको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ विट समावेस गरी तयार परिएको गीतमा रहेका छन् । डा.डीआर उपाध्यायलाई एभरेष्ट वल्र्ड रकेर्डका मथुरा श्रेष्ठले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए ।

सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा सुरेश घिमिरे ‘निश्चिन्त’को मित्रताको सुर्किनी पुस्तक पनि विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी, गीतकार डा. डीआर उपाध्याय, गीतकार सुरेश घिमिरे, अचुत घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । उक्त अवसरमा सञ्चारकर्मी नरेश भट्टराई, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘सरद’, सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार सुरेश घिमिरे ‘निश्चिन्त’ र रमेश थापालाई कदर पत्र प्रदान गरिएको थियो ।

एल्बममा समोवस गीतका भिडियो पनि देखाइएको कार्यक्रममा गायक तथा सङ्गीतकार सागर अधिकारी ‘सरद’, दीलीप लामा र कविता सिवाकोटीले प्रत्यक्ष गीत गाएका थिए । सार्वजनिक तीन गीति एल्बममा रहेका गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, मेलिना राई, विश्व नेपाली, जुगल डंगोल, रमेश श्रेष्ठ, टेकेन्द्र नेपाली, राजन तिमिल्सिना, महेश मुखियालगायतकाको सङ्गीत रहेको छ । त्यस्तै सागर अधिकारी ‘सरद’, अस्मिता अधिकारी, विपिन घिमिरे, दीलिप लामा, कृष्णभक्त राई, बेनुप क्षेत्री, टेकेन्द्र नेपाली, समिर खरेल, कविता शिवाकोटी, महेश मुखिया, सागर संसार राई, रमेश श्रेष्ठलगायतका गायक गायिकाको स्वर रहेको छ ।