Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नेपाल आईडलका रवि ओड र अस्मिता अधिकारीसंग मिलेर गोकर्णले ल्याए किसानीको गीत

Sunday, May 19, 2019 National Power

काठमाडौं – नेपाल आईडल सिजन २ का विजयी रवी ओड र सोही प्रतियोगिताको फाईनल प्रतिस्पर्धी अस्मिता अधिकारीले किसान गीत लिएर आएका छन् ।

कृषि क्षेत्रलाई प्रवद्र्धनात्मक रुपमा विकास गर्ने लक्ष्य लिईएको गीत मार्फत रवी र अस्मिताले कृषि पेशालाई सम्मानको नजरले हेर्नु पर्ने बताएका छन् ।कृषि पेशातर्फ आकर्षण घट्दै गएको सन्दर्भलाई मध्यनजर गर्दै निर्माण गरिएको गीतले समग्र समुदायलाई कृषि पेशामा आवद्ध हुन आह्वान समेत गरेको छ ।

गोकर्ण रुपाखेती शर्माको शब्द रचना र लेखु सहयात्रीको संगीत रहेको ‘हामी किसानी…’ बोलको गीत छिटै बजारमा आउने रचनाकार गोकर्ण रुपाखेतीले जानकारी दिए ।

यस अघि पनि गोकर्णले देशभक्ति भावले भरिएको गीत “म त गीत गाउँछु हजुर “ सार्वजानिक गरेका थिए ।