काठमाडौं – नेपाल आईडल सिजन २ का विजयी रवी ओड र सोही प्रतियोगिताको फाईनल प्रतिस्पर्धी अस्मिता अधिकारीले किसान गीत लिएर आएका छन् ।
कृषि क्षेत्रलाई प्रवद्र्धनात्मक रुपमा विकास गर्ने लक्ष्य लिईएको गीत मार्फत रवी र अस्मिताले कृषि पेशालाई सम्मानको नजरले हेर्नु पर्ने बताएका छन् ।कृषि पेशातर्फ आकर्षण घट्दै गएको सन्दर्भलाई मध्यनजर गर्दै निर्माण गरिएको गीतले समग्र समुदायलाई कृषि पेशामा आवद्ध हुन आह्वान समेत गरेको छ ।
गोकर्ण रुपाखेती शर्माको शब्द रचना र लेखु सहयात्रीको संगीत रहेको ‘हामी किसानी…’ बोलको गीत छिटै बजारमा आउने रचनाकार गोकर्ण रुपाखेतीले जानकारी दिए ।
यस अघि पनि गोकर्णले देशभक्ति भावले भरिएको गीत “म त गीत गाउँछु हजुर “ सार्वजानिक गरेका थिए ।