Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अष्ट्रेलियाको प्रधानमन्त्रीमा मोरिसनको चमत्कारिक जित

Sunday, May 19, 2019 National Power

काठमाडौं – अष्ट्रेलियाको प्रधानमन्त्रीमा फेरि पनि स्कट मोरिसन निर्वाचित भएका छन् । कन्जरभेटिभ गठबन्धनलाई नै चुनेको भन्दै मोरिसनले मतदातालाई धन्यवाद दिएका छन् । अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरेका छन् । उनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा पनि गरेको बीबीसीले जनाएको छ ।

अष्ट्रेलियामा आम चुनावका लागि शनिबार मतदान भएको थियो । १।६४ करोड मतदाताले आफ्नो नेता चुन्न भोट हालेका थिए । चुनावको अन्तिम परिणाम आउन भने अझै बाँकी छ । तर ७० प्रतिशत मत गणना सकिँदा गठन्बन स्कट मोरिसनको जित पक्का भएको छ । बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । मोरिसन अझै ७४ सिटमा अगाडि छन् । यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ ।

यसलाई मोरिसनको चमात्कारित जित मानिएको छ । किनभने मत सर्वेक्षणहरुमा लिबरल(नेशनल गठबन्धन झण्डै बहुमत ल्याउने नतिजाहरु सार्वजनिक गरिएको थियो । विगतका जति पनि मत सर्वेक्षण गरिएको थियो, त्यसमा गठबन्धन लेबर पार्टीभन्दा पछाडि थियो । त्यसैले यस पटक लेबर पार्टीले नै सरकार बनाउने अनुमान धेरैको थियो ।

सिड्नीस्थित बीबीसी सम्वाददाता भन्छन्-मैले यस्तो एउटा व्यक्तिको खोजी गरिरहेको छु, जसले यस्तो परिणाम आउने विश्वास थियो भनोस् । तर, मैले त्यस्तो व्यक्ति एक जना पनि पाएको छैन । स्वयम् मोरिसनलाई पनि यस्तो नतिजा आउला भन्ने संसय थियो । आफ्नो जित सुनिश्चित भएपछि उनले मतदातालाई सम्बोधन गर्दै भनेका छन्( मलाई सधैं चमत्कारमा विश्वास थियो ।

यसैगरी लेबर पार्टीका नेता शोर्टेनले आफ्ना मतदातालाई सम्बोधन गर्दै भनेका छन्- लेबर पार्टी आगामी सरकार बनाउन सफल भएन । शोर्टेनले मोरिसनलाई फोन गरेर बधाई दिएको र अब आफू पार्टीको नेताको रुपमा चुनाव नलड्ने जानकारी पनि दिए ।