Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते

Friday, May 17, 2019 National Power

काठमाडौं – सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतिको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । ना २ ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक रामशरण केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।