Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पाँचौ संस्करणको सुन्दरादेवी म्युजिक अवार्डको आवेदन खुल्ला

Tuesday, April 23, 2019 National Power

काठमाण्डौ -सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला गरिएको छ । निरन्तर रुपमा २०७२ सालबाट मोफसलबाट सञ्चालन भइरहेको सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला गरिएको हो । पहिलो र दोस्रो नुवाकोटा, तेस्रो धादिङ र चौथो अवार्ड बनेपामा यस आगाडी सफलता पुर्वक सञ्चालन भसकेको छ । यस पटक भन्ने भिन्न तरिकाबाट अन्तर्राष्ट्रिय स्तरमा गर्न लागीएको कार्यक्रम संयोजक गीता अधिकारीले जानकारी गराइन । ‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार सस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मुल नाराको साथ पाचौँ सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७६ गर्न लागिएको सुन्दरादेवी सन्देश म्युजिक अवार्डका अध्यक्ष किरण अधिकारीले जानकारी दिए । उक्त अवार्डमा राष्ट्रिय भावका गीत, लोकदोहोरी, आधुनिक, पप, मौलिक सिर्जनाका भाका, देउडा, पुर्वेली, तामाङसेलो मेन्दोमाया तर्फबाट ५० विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले बताएको छ ।

२०७५ बैशाख १ गतेदेखि चैत मसान्तभित्र बजारमा आएका गीत सङ्गीतका कलाकारले अवार्डमा सहभागिता जनाउन सक्ने छन । गायक गायिकाको हकमा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने छन् ।अवार्डमा गीतकार, सङ्गीतकार, गायक, गायिका, नव गायक, नव गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिलाहरुले सहभागीता जनाउन सक्ने छन् । फारम भर्ने अन्तिम मिति २०७६ बैशाख ३१गतेसम्म रहेको आयोजकले जनाएको छ । आवेदन फारम सुन्दरादेवी सन्देश साप्ताहिकको कार्यलयबाट प्राप्त गर्न सकिने ब्यावस्था मिलाइएको छ ।