Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

क्रिष्टल प्यालेससँग हार्‍यो आर्सनल

Monday, April 22, 2019 National Power

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेससँग हार व्यहोरेको छ । क्रिष्टल प्यालेसले आर्सनललाई उसकै मैदानमा ३–२ ले स्तब्ध बनायो । क्रिष्टलले १७ औं मिनेटमा क्रिष्टियन बेन्टको गोलबाट अग्रता लिएको थियो । ४७ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै खेललाई बराबरीमा फर्काए । तर यो बराबरी १४ मिनेटमै तोडियो । किनभने ६१ औं मिनेटमा विल्फर्टको गोलबाट क्रिष्टलले २–१ को अग्रता लियो । ६९ औं मिनेटमा जेम्स म्याकअर्थरले अर्को एक गोल थपेपछि खेल ३–१ को स्थितिमा पुग्यो ।

आर्सनलका लागि ७७ औं मिनेटमा पिएरे एमरिकले गोल गरेर खेललाई ३–२ को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र आर्सनललाई क्रिष्टल प्यालेसले ३–२ ले हराउन सफल भयो । यो जितसँगै क्रिष्टल प्यालेस १२ औं स्थानमा उक्लिएको छ । आर्सनल ६६ अंकसहित चौथो स्थानमा छ । समान ६६ अंक रहेको चेल्सी पाँचौ स्थानमा छ । लिभरपुल ८८ अंकसहित पहिलो स्थानमा छ ।