Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मेरो कल्पनाको देश

Sunday, April 7, 2019 National Power

मेरो प्राकृतिक सुन्दर नगरी अरु नभइ नेपाल नै हुनेछ ।
सगरमाथाको उचाई संगै विकासको गतिले शिखर छुनेछ ।
त्यो रारा क्षेत्र मात्र हैन काठमाडौ नागारि पनि सफा टिलिक्क बन्नेछ ।

सबै काठमाडौ बासिको धरमा खानेपानीको धारो बन्नेछ ।
त्यसैले त म भन्दैछु कल्पनाको सुन्दर सहर बन्दैछ ।
तपाईं अनि मेरो आफ्नै नेपाल बन्दैछ ।।।
हामी प्रकृतिले थमाईदिएका स्रोत अनि साधनको भरपुर प्रयोग गर्नेछौ ।

मन्दिरै मन्दिरको सहर , प्राकृतिक विविधताले सबैतिर चिनिएका छौ । यी रारा , मुक्तिनाथ , लुम्बिनी , पशुपति स्वर्गद्ववारिका रक्षक हामी बन्नेछौ ।
पर्यटन क्षेत्रलाई व्यवस्थित विकास गरि आयआर्जनले मुठ्ठी भर्नेछौ।

हाम्रा दाजुभाइको विदेश पलायनको यात्रालाई यहीँबाट रोक्नेछौ ।ती बुढा बुवाआमा साना सनन्तती र श्रीमतीको ओठमा हर्ष उल्लास भर्नेछौ ।
अनि बन्नेछ सानो खुशीको संसार ।
न तपाईं न मेरो सबै सुन्दर साझा नेपाल ।।

असटमि गुरुङको हत्याकाण्ड , जस्ले हाम्रो मुटु नै छिया छिया भएको छ ।
अबका दिनमा यी घटनाहरु इतिहासको पानामा मात्र सिमित रहने छ्न ।
किनकी अब हाम्रो देशमा पनि हजारौ रवि लामिछाने जन्मिदै छ्न ।
हामी मौन बसेका छैनौ समस्या संग जुधदै छौ , न्यायका लागि लडदै छौ ।
हाम्रो सुनुवाइ एक्दिन त अवस्य हुनेछ ।
त्यसैले त म विस्वासका साथ भन्दैछु ,मेरो कल्पनाको देश बन्दैछ िि

चौरासी हजार मेगावाट विधुत क्षमतामा हामी कत्ति पनि डगमगाएका छैनौ।
अब हाम्रा हजारौ इन्जिनियर दाजुहरु कुलमान घिसिङको स्वरुपमा निस्किदै छन।
अब हामी मात्र हैन त्यो छिमेकि मुलुकलाई पनि उज्यालो बनाउने प्रण राख्ने छौ ।
आम्दानिको स्रोत मात्र नभैइ छिमेकीका सामु आफ्नो सान अनि स्वाभिमान देखाउने छौ ।

त्यसैले त म भन्दैछु , आत्मानिर्भर नेपाल बनाउदै छौ ।
िहाम्रा यी तडकि हरु देखेर अनि सुनेर आप्रवासी नेपालीले एच् छोडनेछन ।
प्रेम बानियाँको नेपाल फर्कौ अभियानलाई आत्मासाथ गर्नेछ्न
आफ्नै भुमिमा नविनतम सोच र सिर्जनाको विगुल फुक्ने छ्न ।
ती बुढा वुवा आमाले आफ्नै सन्तानको न्यानो साहारा पाउने छन ।

भार्तितव मौलाउने छ , रमाउने छ गाउँ अनि सहर हरेक दिन ।
यहि होइन त हामिले कल्पना गरेको सुन्दर नेपाल ।।।
यस्तै छ मेरो कल्पनाको देश ।
कल्पनामा मात्र हैन अवस्य बन्नेछ यथार्थ विषेश ।
मेरो सुन्दर अनि सान्त देश ।
जय स्वाभिमान जय नेपाल ।

अमृता शर्मा
लिटिल एन्जेल कलेज
हात्तीवन ,ललितपुर