Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

राष्ट्रिय स्तरका कलाकारहरुको साथमा अन्लाईन रोधी घरको पिक्निक कार्यक्रम सम्पन्न

Sunday, April 7, 2019 National Power

अरबिन्द्र गौतम
२४ , चैत / काभ्रेपलान्चोक – बनेपा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा अन्लाईन रोधी घरले ललितपुर जिल्लाको लाकुरी भञ्ज्याङ्ममा बनभोज कार्यक्रम सम्पन्न गरेको छ् ।

काभ्रे सेवा समाज कतारका निवर्तमान अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार नन्द ढुंगानाको प्रमुख अथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम बोल्दै प्रमुख अतिथिले भन्नू भयो हामीले सदैब कला क्षेत्रको सम्मान गर्ने छौ केही महिना पछि कतारमा विभिन्न सास्कृतिक कार्यक्रम रहेको छ । त्यस कार्यक्रममा पनि नेपाली कलाकार लाने र भब्य रुपमा सम्पन्न गर्ने सोच्न रहेकोे छ ।

बनभोज कार्यक्रम भुबन दुलालको संयोजकमा अन्लाईन रोधी घरले संचालन गरेको थियो । उक्त बनभोज कार्यक्रममा काभ्रेका सबै स्थानीय कलाकारको उपस्थिति रहनुको साथै प्राय सबै गायक गायिकाले आफ्नो प्रस्तुति दिनु भएको थियोे । चर्चित गायिका गिता देबिले भने ९ भन्नू नभाको ० बाबू तिमी सानै छौ अहिले ठूलो भएपछि थाहा पौछो आफैंले भन्ने बोलको गित गाउदा सबै कलाकार नतमस्तक भएका थिए ।

कार्यक्रमलाई चर्चित गायक बिक्रम गौतमले संचालन गरेका थिए भने कार्यक्रममा लाईभ दोहोरी , गायक गायिकाको प्रस्तुति , गित बजाउदै नाच्दै रमाइलो गरि बनभोज कार्यक्रम मनाएका थिए । कार्यक्रममा कलाकारहरु र पत्रकारहरु लाई खात र मायाको चिनो दिएर सम्मान गरेको थियो ।

कार्यक्रमलाई कोशिपारी अन्लाईन न्युज र नेशनल पावर न्युजले लाईभ गरेको थियोे । कार्यक्रममा मौसमले धेरै च्यालेन्ज गरेपनी कार्यक्रमको माहोल भने तातेको थियो । बनभोज कार्यक्रम धेरै राम्रो भएको भन्दै कार्यक्रम संयोजक भुबन दुलाललाई सबैकलाकारले धन्यवाद दिएका थिए ।

कार्यक्रममा चर्चित गायिका गिता देबि , गायक उद्द्व घिमिरे , गायिका इन्दिरा गिरि , गायक दिप दाहाल ,चर्चित मोडल सबिन गौतम , विभिन्न मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियोे ।