Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मण्डनदेउपुरमा सहकारी अन्तरक्रिया , कहीँकतैबाट छैन सहयोग

Thursday, April 4, 2019 National Power

२१ , चैत / बनेपा – काभ्रेको मण्डनदेउपुर नगरभित्रका सामुदायिक विमा सहकारीले आफुहरुलाई कहीँकतैबाट सहयोग नभएकोले सञ्चालनमा समस्या भएको बताएका छन् ।

मण्डनदेउपुर सहकारी समन्वय समितिको आयोजनामा ६२ औं सहकारी दिवसको अवसरमा आयोजित मण्डनदेउपुरको समृद्धिमा सहकारीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित सहकारी सञ्चालकहरुले उक्त समस्या बताएका हुन् । उनीहरुले सदस्यहरुलाई लक्षित गरेर पशु बिमा कार्यक्रम सञ्चालन गरेपनि विमित पशुहरु मरेपछि दिईने क्षतिपूर्तिको कुनै श्रोत नभएका कारण सहकारी समस्या परेको बताए ।

उनीहरुले एउटा भैँसीको मूल्य एक लाख लाखभन्दा बढी हुने र ८० प्रतिशत क्षतिपूर्ति दिँदा सहकारीलाई आर्थिक भार समेत बढेको बताए । उनीहरुले गाउँगाउँमा कम्पनी बिमाहरु पसेर किसानहरुलाई विभिन्न आश्वासन दिने गरेको र बार्षिक नविकरण वापत समेत पैँसा लिने गर्दा गाउँमा सामुदायिक विमाको क्षेत्रमा काम गर्ने सहकारीहरु मर्कामा परेको बताए । सामुदायिक विमाको क्षेत्रमा काम गर्ने सहकारीलाई नगरपालिकाले सहयोगका कार्यक्रम अघि बढाउन नगरपालिकालाई आग्रह गरेका छन् ।

अन्र्तक्रिया कार्यक्रममा उपस्थित सहकारीका पदाधिकारी तथा प्रतिनिधिहरुले विषादी न्यूनिकरण, सहकारीको ब्यवस्थापन, वित्तिय जोखिमलाई व्यवस्थापनका लागि नगरपालिकाले काम गर्नुपर्ने, नियम विपरित सञ्चालन भएका सहकारीको नियमनमा नगरपालिकाले काम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा नगर प्रमुख टोकबहादुर वाइवाले नगरपालिकाले सहकारीमार्फत ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण, कृषि तथा पशुपालनको क्षेत्रमा बजेट विनियोजन गरेको बताए ।

उनले नगरभित्रका सबै सहकारीलाई समन्वय गर्न र नियमन गर्न सहकारी नगर समन्वय समिति गठन गरिएको बताए । कार्यक्रममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य दिपक पौडेलले सहयोग नपाउँदा साम्ुदायिक विमा सहकारीहरु समस्या रहेको बताए । उनले प्रदेश सरकारले दिने अनुदानका कार्यक्रम नगरसम्म आउन नसकेको बताए । जिल्ला सहकारी संघ काभ्रेमा सचिव दिलिप शर्माले सहकारीहरु मर्जरमा जानुपर्ने बताए ।

उनले नगरपालिकाले योजना छनौटमा सहकारीहरुलाई समेत समेट्नुपर्ने बताए । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अधिकारी, वडा अध्यक्ष डिल्लीप्रसाद आचार्य, नारायण लम्साल, नगर सल्लाहकार गोकुल गौतम,सहकारीकर्मीहरु बिदुर सापकोटा,शेरबहादुर डोटेल,राजन पराजुली,समितिका रामचन्द्र श्रेष्ठ,अम्बीका ठकुरीलगायतले सहकारीकोे भूमिकाको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रम मण्डनदेउपुर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालको सभापतित्वमा सम्पन्न भएको थियो ।