Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भुम्लु बृहत् पर्यटन मेला २०७५ , दोलालघाट महोत्सव -३ हुँदै महोत्सवका आकर्षणहरु

Friday, March 29, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
१५ , चैत र बनेपा – काभ्रेको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला २०७६ ,दोलालघाट महोत्सव ३ हुने भएको छ । स्थानिय कला सँस्कृति तथा पर्यटन प्रबद्र्धन केन्द्रित महोत्सव मेला हुन लागेको सोमबार बनेपामा पत्रकार सम्मेलन गरी जानकारी दिईएका छन।

चैत २६ देखी ०७६ बैशाख ४ गतेसम्म कार्यक्रम हुनेछ । महोत्सव मुख्यत स् कृषि,व्यापार एवम् आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने उद्धेश्यलेनै गर्न लागेको दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्ट बहादुर श्रेष्ठले जानकारी दिनुभयो । दोलालघाट पर्यटन प्रबद्र्धन तथा सामाजिक बिकास केन्द्र र दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवको संयुक्त आयोजनामा महोत्सव मेला हुन लागेको हो ।

दोलालघाट पर्यटन प्रबद्र्धन तथा सामाजिक बिकास केन्दका अध्यक्ष रमेश लामा दोङका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाद्धारा उद्घाटन हुने महोत्सव मेलामा सुनकोशीको माछा,मौलिक नेवारी परिकारले स्वागत गरिनुका साथै फुटबल तथा नृत्य प्रतियोगिता पनि आयोजना गर्ने यसमा स्थानिय प्रतिभाको प्रस्फुटन र बिकासका लागि स्थानियलाई मात्रै समावेश गरिने दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो । महोत्सव मेलाको आवश्यक तयारी थालिसकेको उहाँले बताउनुभयो ।

महोत्सवमा साँस्कृतिक कार्यक्रम,उद्योग व्याापारका स्टलहरु,बाल उद्यान रमाईलो मेला,चमेना गृह,र्याफ्टीङ,स्वास्थ्य शिविर,स्थानिय पर्यटकिय क्षेत्रको प्रचारप्रसार तथा धार्मिक स्थलहरुको अवलोकन,कृषि प्रदर्शनी तथा डिजे पार्टि,नाईट क्याम्पम हुने आयोजक टिमले बताएको छ ।