Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

एनसेल विष्फोट प्रकरण : मोटरसाइकलमा आएका ४ हतियारधारी समातिए दुई जना फरार

Monday, March 25, 2019 National Power

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले ललितपुरको नख्खुमा गराएको विष्फोटमा प्रत्यक्ष संलग्न ४ जना पक्राउ परेका छन् भने दुई जना अझै फरार छन् । एनसेल मुख्यालयमा विष्फोट हुनुअघि तीन वटा मोटरसाइकमा गएका ६ जना मध्ये ४ जना पक्राउ परेको प्रहरीले दाबी गरेको हो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले अनलाइनखबरलाई दिएको जानकारीअनुसार १० फागुनमा एनसेल मुख्यालय अगाडि विष्फोट हुनुअघि मोटरसाइकलमा हतियारसहित सवार व्यक्तिमध्ये ४ जना सूर्य भुजेल, डिकेन्द्र राई, रामृकष्ण खतिवडा र शिव धिमाल हुन् ।

भुजेल विप्लवका पूर्वअंगरक्षक हुन् । फरार रहेका दुई जनाको पनि प्रहरीले पहिचान गरिसकेको छ । ‘उनीहरुको खोजीमा विशेष ब्युरोदेखि अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयहरुका टोलीसम्म खटिएको छ’, ती अधिकारीले भने, ‘चाँडै उनीहरुलाई पनि नियन्त्रणमा लिनेछौं ।’ सीसी टीभीमा देखिएअनुसार विष्फोट अघि ३ वटा मोटरसाइकलमा हतियारधारी एनसेल गेट छेउ आएका थिए । एउटा मोटरसाइकल गेट बन्द गर्न नमिल्ने गरी बसेको थियो भने दुई जना भित्र छिरेर रिसेप्सनमा प्रेसर कुकर बम राखिदिएका थिए ।

एक्कासि झोला छाडेर भागेको देखेका सुरक्षागार्डले बम राखिएको झोला बाहिर मिल्क्याएका थिए । तर, त्यसको केहीबेरमा एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी विष्फोट भएको थियो । घटनालगत्तै विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले सञ्चारमाध्यमहरुसँग कुरा गर्दै घटनाको जिम्मेवारी लिएका थिए । उनलाई पनि प्रहरीले शनिबार काभ्रेबाट पक्राउ गरिसकेको छ । सदर्शनसहित अन्य ४ जना विरुद्ध विष्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको कसुर अन्तरगत मुद्दा चलाइएको छ ।