Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

आदर्शवान बामपन्थी नेता पण्डितको बिहिबार पार्टीकार्यलयमा श्रद्धान्जली सभा हुने

Wednesday, March 6, 2019 National Power

काठमाडौं – मंगलबार असामयिक निधन भएका आदर्शवान बामपन्थी नेता गणेश पण्डितको बिहिबार श्रद्धान्जली सभा हुने भएको छ । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा उहाँको पार्थीव शरीरलाई बिहान ८ बजेदेखि १० बजेसम्म श्रद्धान्जलीका लागि राखिने छ ।

अन्तिम श्रद्धान्जली पश्चात दिवंगतलार्इ पशुपति आर्यघाटमा विसर्जन गरिने पारिवारिक सदस्य नाती सन्तोष पण्डितले बताएका छन् ।नेकपाले श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ ।

एक निडर योद्दाः

वामपन्थी आन्दोलनका एक हस्ती, सशक्त र निडर योद्दा । जो निरन्तर नेपालमा कम्युनिष्ट आदर्श, विचार तथा राजनीतिक मुल्यमान्यतामा अडिक रहिरहे । उनै गणेश पण्डित, जसले राजनीतिमा हुने फोहोरी खेल, अतिरिक्त आम्दानी, गैर राजनीति चरित्रविरूद्ध निरन्तर संघर्ष गरिरहे ।

३० को दशकमा उहाँ नुवाकोटका एक आदर्शवान वामपन्थी नेताको रूपमा स्थापित भइसकेका थिए । नेकपा नुवाकोटका नेता रामशरण प्याकुरेल पण्डितको सम्झनामा लेख्छन्, ‘आज हामी जे छौं, उनीबाटै प्रेरणा लिएर भएका हौं ।’ उहाँ नुवाकोटको बामपन्थी राजनीतिमा अप्ठ्यारो र समस्या परेको बखत सही र सत्यताको धरातलमा छलफल, सल्लाह र सहयोग लिन सकिने अत्यन्त सरल र शालिन व्यक्तित्व भएको प्याकुरेल बताउँछन् ।

त्यसैगरी नेकपा नुवाकोटका अर्का नेता तोयानाथ थपलिया पण्डितको स्मरणमा लेख्छन्, ‘उहाँ हामी सवैका आदरणीय सर मात्र होइन, आदरणीय राजनैतिक गुरु र नुवाकोटका तारा हुनुहुन्थ्यो ।’

शैक्षिक अभियन्ताका रुपमा उहाँ नुवाकोटका एक अग्रज र नेतृत्वकर्ता हुन् । तादी गाउँपालिका खरानीटारस्थित राष्ट्रिय माविमा पण्डितले लामोसमय प्रधानअध्यापकका रुपमा कार्य गरे । पञ्चायतकालमा भुमिगत, अर्धभुमिगतहुँदै खुल्ला राजनीतिमा आएका पण्डित बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ सामाजिक सेवामा सक्रिय रहिरहनु भएको थियो ।

मंगलबार भएको पण्डितको असामयिक निधनले नुवाकोटवासीलाई मर्माहत बनाएको छ । नुवाकोटको एक सामाजिक एवं धार्मीक कार्यक्रममा भाग लिईरहेको बेला एक्कासी स्वास्थ्यमा आएको समस्याले उनलाई सदैव चीर निन्द्रामा लिन गराइदियो ।