Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

चर्चा वराङ्गनाको, कतारका पाठकहरु माझ साहित्यकार सोविता

Tuesday, March 5, 2019 National Power

दोहा – वराङ्गना उपन्यास संगै अहिले चर्चामा रहेकी लेखिका तथा नायिका सोविता सिंखडाले कतारमा रहेका नेपाली साहित्य अनुरागीहरु संग साक्षत्कार एबं अन्तरक्रिया गरेकी छन ।

परम्परागत कार्यकमहरु भन्दा भिन्न फुल, माला, खादा, आसन र भाषण रहित बिशुद्द साहित्यीक अन्तरक्रियामा सहभागी साहित्य अनुरागीहरुले उपन्यास लेखन र चलचित्रमा अभिनय गर्दाको भिन्नता, उपन्यासमा उठाइको पात्र र समुदाय, अध्यात्म, अभिनय र साहित्य लगायतका बिबिध बिषयमा सिंखडासंग जिज्ञासा राखेका थिए ।

अभिनेत्री एबं उपन्यासकार सिम्खडाले आफुले बच्चै देखि जुन समुदाय र पात्रको नजिक हुर्किएको हो उसैलाई उपन्यासको पात्र बनाएकैले वराङ्गना उपन्यास जिबन्त बनेको र आफुले पाठकहरुबाट धरैनै राम्रो प्रतिक्रियाहरु पाईरहेको बताइन । अहिले आफु पुर्णरुपमा साहित्य लेखन र अध्यनमा होमिएकोले अफर आएपनि अभिनयलाई केहि परै राखेको जानकारी गराईन । हुनत कथाको पात्रमा आफुलाई ढालेर गर्नुपर्नै र आफ्नो मौलिक स्वतन्त्रता नहुने भएपनि अभिनय मार्फत देश र समाजलाई राम्रो सन्देश दिन त सकिन्छ तर उनले अभिनयमा कथाको जन्जीरमा बांधिएर गर्नुपर्नै भन्दै लेखनमा खुल्ला आकाशमा उड्न पाइने भएकोले आफुलाई अहिले स्वतन्त्रताको मोहले तानेको उनले बताईन ।
ध्यान, योग र साधनामा समेत सक्रिय उनले हेर्ने आंखा र सन्तुष्टि लिन सक्ने मन भए सारा जगत नै सुन्दर हुने भएकोले आफु धन आर्जन गर्ने भन्दा पनि सुखी र खुसी रहने मार्ग तर्फ आफु लागेको भन्दै आफ्नो काम र कमाईबाट सन्तष्ट रहि तनाब र चिन्ताबाट मुक्त रहन सहभागी सबैसंग आग्रह गरिन ।
ं अन्तरक्रिया संगै राखिएको हस्ताक्षर कार्यकमले सहभागीमा थप उत्साह थपेको थियो , सहभागी सबैले सिंखडाको कृती वराङ्गना लेखककै हस्ताक्षरमा पाउदा हर्ष लागेको बताए । कतारका नेपालीले आफनो उपन्यासलाई दिएको माया र पतिकृयाले आफ’लाई थप उर्जा मिलेको सोविताले बताइन ।

कतारमा हुने हरेक कार्यक्रममा अतिथी, प्रमुख अतिथी, सभापती, संघ संस्थाका प्रतिनिधीहरु लगायतको नाममा हुने आसन ग्रहण, सम्मान , माला र खादाको चलनबाट वाक्क भएका सहभागीहरुले यस प्रकारको कार्यक्रमबाट आफुुहरु उत्साहित भएको बताएका छन । उनिहरुले अब हुने साहित्यीक कार्यक्रमहरुमा पनि रचना बाचनका अलावा सर्जकसंग यस्तै अन्तरक्रिया कार्यक्रम गर्नुपर्ने आवाज उठाउन थालेका छन ।