Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु

Wednesday, February 27, 2019 National Power

फोटो अन्नपुर्ण पोष्टबाट साभार

काठमाडौँ — बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टरमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशकआङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सवार थिए।

त्रिभुवन विमानस्थलको केन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ६ जनाको शव फेला परेको बताए। उनले भने, हेलिकप्टरको पुच्छरबाहेक सबै जलेको छ।यस्तै डिआइजी केदार रिजालका अनुसार ४ जना प्रहरी पुगिसकेका छन्।

दुर्घटनामा ज्यान गुमाउनेहरु

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी