Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

म आफ्नै मेहनत , ईमान्दारिता , क्षमता , लगनशिलताले आएको हु ; मोडल प्रिति तमाङ

Thursday, February 28, 2019 National Power

१३ , फागुन / काभ्रेपलान्चोक – बनेपा सिन्धुलि तिनपाटन गाउँपालिका ५ मा बस्नु हुने बाबु टेक बहादुर तमाङ र आमा राममायाँ तमाङको कोख बाट जन्मनुभएकी मोडल प्रिति तमाङ आज भोलि निकै चर्चामा आउनु भएको छ भर्खरै सार्वजनिक भएको कुटुकुटु कान्छू बोलको गित पनि धेरै नै चर्चामा आयो यस गितमा पनि प्रिति तमाङले निकै राम्रो अभिनय गरेर दर्शक श्रोताको मन जित्न सफल हुनु भएको छ । दर्जनौं म्युजिक भिडियो र हास्य टेलिसिरियल जिरे खुर्सानीमा समेत अभिनय गरिसक्नु भएको छ । प्रस्तुत छ काभ्रे बाट प्रकाशित नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले मोडल प्रिति तमाङसँग गरेको रमाइलो कुराकानी

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म सुटिङ तिर ब्यस्त छु ।

० सुरुका दिनहरु बताउनुहोस कसरी कलाकारिता क्षेत्रमा लाग्नु भयो ?
काहिँ कतै गित बजेको सुनियो भने मलाई नाच्न मन लाग्थ्यो ,अनि टिभी तिर कुनै गित बज्नु हुदैन थियोे म नाचे गर्थे र मलाई रन्जिता गुरुङ र पार्बति राईकाे डान्स अभिनय हेरेर
प्रभाबित हुँदै माेडलिङ क्षेत्रमा आएको हु । हेरौं कतिको सफल हुन्छु ।

० अहिलेसम्म कति म्युजिक भिडियो वटा खेल्नु भयो ?
खासै गन्ती त गरेको छैन त्यस्तै दुई दर्जन जति भयो होला ।

० कस्तो खालको गीतमा बढी खेल रुचाउनु हुन्छ ?
यस्तो उस्तो भन्ने छैन म जुनसुकैमा पनि गर्छु अलि बढी
डान्सिङ , राेमान्ट्रिक, सेलाे गित खेल्न मन लाग्छ ।

० माेडलीङ क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु भन्नू पर्छ , धेरै कलाकारले काम नपहिरहेको अबस्थामा मलाई भने अफर अइरहेको छ यसमा नै म खुसी छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
अाफुमा लगनशिलता ,मेहनत , ईमान्दारिता र क्षमता भयो भने बाँच्न सकिन्छ जस्ताे लाग्छ ।

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
मलाई यस कलाकारिता क्षेत्रमा ल्याउन गायक रामशरण अालेको ठुलो हात छ म उहाँ सम्झन चाहान्छु ।

० तपाईंलाई पछि गएर कस्तो नायिका थाहा मोडल बन्न मन छ ?
मलाई दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने लोकप्रिय र देशको एउटा राष्ट्रिय कलाकार बन्न मन छ ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ ? कति वटा चलचित्रमा खेल्नु भएको छ ?
ठुलाे पर्दाकाे चलचित्रमा खेलेकाे छैन हास्य टेलिसिरियल जिरे खुर्सानी, वके छत लगायतमा खेलेकाे छु ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
आफुले गरिरहेको भएर होला मलाई सानो पर्दामा नै सजिलो लाग्छ ।

० तपाईंले माेडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
सेन्टि गितमा देबि घर्तिले गाउनु भएको घाइते मुटु बोलको गित हो त्यसै गरि रमाइलोमा गितमा गिता देबि र महेश नेपालले गाउनु भएको कुटुकुटु कान्छू बोलको गित निकै चर्चामा आएको थियो ।

० माेडलीङ क्षेत्र आएको बिकृति लाई कसरी लिनु भएको छ ?
मोडलिङ क्षेत्रमा जो सँग पैसा छ त्यो आएका छन् पैसा हुने सँग कला नभए पनि हुन्छ । पैसाको पावरले कलाकार बन्न आएका छ्न । यसको कुनै मापदण्ड बनेकाे छैन । मोडलिङ क्षेत्रमा पैसा वाला नक्कलि कलाकार आएर कलाकारिता क्षेत्रको बलत्कार गरिरहेका छ्न ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न ? के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
नाइ म यसमा सहमत छैन हिजोका दिनमा अङ्ग प्रदर्सन गर्नेहरु आजका दिनमा बिस्तारै सेलाउदै गएका छन् । मलाई लाग्छ अब उनिहरुले त्यस्तो गर्ने छैन ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
हा हा हा नाई अहिले सम्म कन्या कुमारी नै छु ।

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
अाफ्नाे भावना बुझ्ने सुखदुःखमा साथ दिने धनकाे गरिब भए पनि मनको धनी टाईपको भएको केटा हेर्ने छु ।

० तपाईंको विचारमा सेक्स के हो ? अनुभव छ कि छैन ?
हा हा मत भन्छु सेक्स प्राकृति बस्तु हाे । जुन मान्छेकाे उमेर र जबानिमा हुने कुरा हो , अनुभव चाहिँ छैन ।

० अन्तमा ?
मलाई बाेलाएर खाफ्नाे ब्यक्तीगत जीवन र कलाकारिता क्षत्रकाे बारेमा दुई चार शब्द राख्ने माैका दिनु भयकाेमा अरबिन्द्र गौतम र तपाईंको मिडियालाई धन्यवाद दिन चाहान्छु ।