Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

गोर्खा सैनिकको सुरक्षामा किम र ट्रम्प बिच वार्ता हुने

Saturday, February 23, 2019 National Power

काठमाण्डौ – उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिच आगामी साता १२ जुनमा शिखर वार्ता हुने पक्का भएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दुई नेताबिच हुने शिखर वार्ता सिंगापुरमा हुने जानकारी दिएको छ। अमेरिकी प्रेस सचिव सारा स्यान्डर्सले स्थानीय समय ९ बजे वार्ता हुने जानकारी दिएका छन्। यो शिखर वार्तालाई विश्वले राजनितिक ईतिहासमानै एक असम्भव कूटनीतिक वार्ताको रुपमा लिएको छ। यी दुईको राजनीति सिध्दांत नमिलेपनि चाखलाग्दो केहि समानता भने पक्कै छन्। यो शिखर वार्ताको सुरक्षा जिम्माभने गोरखा सैनिकलाई दिएको छ। यधपी दुवै नेताले आ(आफ्नो सुरक्षा टोलि पनि ल्याउने छन्।