माघ , २५ / काभ्रेपलान्चोक – बनेपा म्याजिक अफ मेलोडिज इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा राजेश बोलाखेको अल्लारे जोवन बोलको गित आज बाट युटुब मार्फत रिलिज भएको छ ।
आज बाट सार्वजनिक भएको अल्लारे जोवन बोलको गित म्याजिक अफ मेलोडिज इन्टरटेन्मेन्ट प्रा.लि युटुब च्यानल बाट आएको हो ।
विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको गितमा युवा उमेरमा हुने चन्चलता , प्रेमिलाभ भावना साथै ग्रामीण भेगको रहन सहनलाई आधार मानेर गायक राजेश बोलाखेले आफुलाई देखे भोगेका कुरा गित मार्फत उतारेका छ्न ।
माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर राजेश बोलाखेको रहेकोे छ भने लय तथा शब्द भुषण भोमी श्रेष्ठको रहेको छ । रमणीय स्थलमा छायांकन गरिएको गितको भिडियो निर्देशन भने सोनम पाखृनले गरेका हुन ।
अल्लारे जोवन बोलको गितको उत्पादक तथा बितरक म्याजिक अफ मेलोडिज इन्टरटेन्मेन्ट प्रा.लिले गरेको छ भने गितमा सम्पादन माधव बेलवासेले गरेका छ्न । यस्तै गितमा ऐरेन्ज बालकृष्ण सेवाचार्यले गरे भने क्यामारामा दिनेश मुस्कान र ड्रोन सुरेश घिसिङको रहेको छ ।
यस्तै अभिनयमा प्रकाश शाही , सरिता तामाङको साथै सुदिप राज रेग्मी र सबिन श्रेष्ठको बेजोड प्रस्तुति रहेको छ।
भिडियो