Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

धिनिमहेन्दो समाजको ल्होछार कार्यक्रम सम्पन्न, मेयर द्वारा प्रतिमुर्तिको शिलान्यास

Wednesday, February 6, 2019 National Power

माघ , २३ / काभ्रेपलान्चोक – बनेपा तामाङ समुदाकायको साँस्कृतिक पर्व २८५५ औं सोनाम ल्होछारको अबसरमा चौंरीदेउराली गाउँपालिका वडा नं। ६ मा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम धिनिमहेन्दो तामाङ उत्थान समाजद्वारा आयोजना गरिएको थियो ।

कार्यक्रममा चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमको प्रमुख आतिथ्य, उपाध्यक्ष तारा गौतमको विशेष आतिथ्य र वडाध्यक्ष रेशम चौलागाईं अतिथ्यमा सम्पन्न भएको थियो ।

हाजिरी जवाफमा जागृति मावि प्रथम
सो अवसरमा अन्तर निमावि हाजिरी जवाफ समेत सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगिता मा ८ वटा बिधालय समाबेश भएको थियो ।

प्रतियोगितामा प्रथम स्थान जागृति मा बि, केउरेनि, दोस्रोमा महाबिष्णु मा बि, तेस्रोमा सुनकोसी आधारभुत विद्यालय र सान्तवना प्रभा उच्च मावि भएको थियो । प्रतियोगिहरुलाई प्रमुख अतिथि गौतमले पुरस्कार वितरण समेत गरेका थिए ।

बुद्धको मुर्ति सिलान्यास
सोही अवसरमा धर्मशाला तथा गौतम बुद्धको प्रतिमुर्ती निर्माणको सिलान्यास अध्यक्ष गौतमले गरे । साथै सोको लागि जग्गा उपलब्ध गराउने ब्यक्तीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोन्बो, लामा र ताम्बाको झाँकी प्रदर्शन गर्नुको साथै चर्चित गायक अमृत लामा तथा गायिका सुनिमाया मोक्तानको बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।