Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

प्रकाण्ड पुत्र गोलीसहित पक्राउ

Friday, February 1, 2019 National Power

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विक गोलीसहित पक्राउ परेका छन् । बिहिबार विराटनगर विमानस्थलबाट काठमाडौँ आउने क्रममा उनी गोलीसहित पक्राउ परेका हुन् ।

उनीसँग चिनियाँ पेस्तोलको ३ राउण्ड गोली सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी साँझ यति एयरलाइन्सको विमानबाट काठमाडौँ आउन लागेका थिए । विमानस्थलमा चेकजाँचका क्रममा उनीबाट गोली फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीका अनुसार उनलाई विराटनगरमा राखेर अनुसन्धान भइरहेको छ । विक नेकपाको विद्यार्थी संगठनका कोषाध्यक्ष पनि हुन् । पार्टी स्रोतका अनुसार उनी विद्यार्थी संगठनकै जिल्ला सम्मेलनका लागि सुनसरी पुगेका थिए ।