अरबिन्द्र गौतम / बनेपा
माघ , १६ / काभ्रेपलान्चोक – बनेपा मिलन फिल्मस प्रोड्क्सन प्रा। लिको प्रस्तुतिमा दिनेश भण्डारी र गिता अधिकारीको संयुक्त गीति एल्बम लौन गाँठे हिजो बाट युटुब मर्मत रिलिज भएको छ ।
हिजो बाट सार्वजनिक भएको लौन गाँठे बोलको गित मिलन फिल्मस युटुब च्यानल बाट आएको हो ।
दिनेश भण्डारीको लौन गाँठे बोलको गित लोकलयमा आधारित गित हो । गितमा गायिका गिता अधिकारी र दिनेश भण्डारीले आवाज भरेका छ्न । विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा युवा उमेरमा हुने चचलता , प्रेमिलाभ भावना साथै ग्रामीण भेगको रहन सहन लोक बस्ती लाई आधार मनेर गायक दिनेश भण्डारीले आफुलाई देखे भोगेका कुरा गित मर्मत उतारेका छ्न ।
माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर दिनेश भण्डारी र गिता अधिकारीको रहेकोे छ भने लय महेश नेपालको र शब्द दिनेश भण्डारीको रहेको छ । रमणीय स्थलमा गरभमी नारायले छायांकन गरिएको गितको भिडियो निर्देश भने मिलन श्रेष्ठले गरेका हुन ।
लौन गाँठे लोकदोहोरी गितको उत्पादक तथा बितरक मिलन फिल्मस प्रोड्क्सन प्रा ।लिले गरेको छ भने गितमा सम्पादन रोशन धितालले गरेका छ्न । दिनेश भण्डारीले निर्माण गरेको लौन गाँठे लोकदोहोरी गितको दृश्य निर्माण भने मिलन फिल्मस प्रोड्क्सन प्रा।लिले गरेको छ ।
यस्तै अभिनयमा मन्जु ढुंगाना र काजी अछामिको बेजोड प्रस्तुति रहेको छ।