Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रथम नमोबुद्ध मसोत्सव सम्पन्न

Monday, January 21, 2019 National Power

अरबिन्द्र गौतम / बनेपा
माघ ७ , काभ्रेपलान्चोक – बनेपा प्रथम नमोबुद्द मसोत्सब २०७५ पुष २६ बाट शुरु भै यहीँ माघ ६ गते सम्पन्न भएको छ ।

समापन समारोहमा , प्रमुख अतिथी काभ्रे जिल्ला प्रदेश सभासद, क्षेत्र न। द्द ख का माननीय चन्द्र लामा ज्यु, बिशिस्ट अतिथि, नगरपालिका प्रमुख टिपि शर्मा तिमल्सिना , उपप्रमुख रामदेबी तामाङ ज्यु लगायत अतिथी माहानुभाब र विभिन्न जिल्ला बाट गएका हजारौं दर्शक,माझ बाट कार्यक्रम सम्पन्न भएको थियो ।

यस कार्यक्रममा देशभरबाट आएका राष्ट्रिय कलाकारहरू चर्चित लोक दोहोरी गायक प्रकाश कटुवाल , मरिचमान श्रेष्ठ ९बल्छी धुर्बे० दमन रुपाखेती , काउली बुडि, हर्के हल्दार कृष्ण कडेल , शुरबिर पन्डित, दिनेश लामा, घमेश दुलाल, गोकुल राउत, राधिका हमाल, र धनराज थापा लगाएतका ब्यक्तित्वहरुबाट आ(आफ्नो प्रस्तुति दिएका थिए ।

प्रथम नमोबुद्ध महोत्सब ११ दिन सम्म भब्य रूपमा सन्चालन भएको थियो भने कार्यक्रम माघ ६ गते भब्य रूपमा सु सम्पन्न भएको बताइएको छ। आयोजना नमोबुद्ध उधोग बाडिज्य संघ लगाएतका टिमहरु मिलेर गरेका थिए त्यसैगरी कार्यक्रम संचालन भने गायिका सर्मिला श्रेष्ठले गरेकि थिइन ।