Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भट्टा धुवाँको कारण पाँचखालका किसान आन्दोलनमा

Monday, January 21, 2019 National Power

काभ्रे – पाँचखाल नगरपालिकाका किसानहरु स्थानीय इँटाभट्टा र प्लाइउड उद्योगविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलनअन्तर्गत उनीहरुले आज धुलिखेलको सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् ।

पाँचखाल नगरपालिकामा संचालनमा रहेको ७ इटा भट्टा र एक प्लाई उद्योगबाट फालिएको कार्बनको कारण किसानहरुको तरकारी कालिमाटी बजारबाट फिर्ता आउन थालेपछि आज किसानहरुले धुलिखेलमा तारकारी फालेर जनाएका हुन् ।
पाँचखालमा संचालनमा रहेको भट्टाहरु र प्लाई उद्योगबाट फालिएको कालो धुवाँको कारण धेरै किसानहरुको तरकारी बजारमा बिक्न छोडेपछि यस्तो कार्यक्रम गरिएको पाँचखाल उपत्यका बातावरण जोगाऔ अभियानको संयोजक सुर्यबहादुर भेटवालले बताए । केहि समय अघि मात्र पाँचखालका स्थानीयबासीले इँटा र प्लाई उद्योगले फालेको कार्बन जनताको हितको लागि नभएको भन्दै जिल्ला प्रशासन कार्यलय काभ्रेमा ज्ञापन पत्र समेत बुझाइसकेको भेटवालले बताए ।
उनले नगरपालिकाका प्रमुख महेश खरेललाई पटक पटक भेटेर इँटा उद्योग र प्लाइ उद्योगबाट परेको असरका बारेमा जानकारी गराएको पनि बताए । किसानहरुले आफूहरुको माग संवोधन नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । गत बिहीबारमात्रै इँटा उद्योगको पर्खाल भत्किँदा पाँचखालमा दुई बालबालिकाको ज्यान गएको थियो । त्यसअघि एकजनाको इटा उद्योगको पोखरीमा डुबेर मृत्यु भएको थियो । यस्तै उद्योगका कारण नै आफूले उत्पादन गरेको तरकारी बिक्री नभएपछि एकजना किसानले आत्महत्यासमेत गरेका थिए

  • प्राइम न्यूज साभार