Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

टिन ग्लाम इन्टरनेशनलमा निसान

Sunday, January 6, 2019 National Power

२२ , पुस / काभ्रेपलान्चोक – आगामी २०१९ जनवरी २० देखि २७ सम्म फिलिपिन्समा हुन लागेको लिटल एण्ड टिन ग्लाम इन्टरनेशनल प्रतियागितामा निसान लिम्बु सहभागी हुने भएका छन् ।

विश्वका करिब ५० देशका प्रतियोगीहरु सहभागी रहने लिटल एण्ड टिन ग्लाम इन्टरनेशनल प्रतियोगितामा मिस्टर टिन ग्लाम नेपालको रुपमा निसानले सहभागिता जनाउन लागेका हुन् । फिलिपिन्समा हुन लागेका सो प्रतियोगितामा नेपालको तर्फबाट गाइघाटका निसान लिम्बु प्रतियोगिको रुपमा भाग लिन जान लागेका हुन् ।

विभिन्न देशका युवायुवतीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि हुन लागेका उक्त प्रतियोगिताका उपाधी दावेदारको रुपमा निसानलाई हेरिएको छ । उदयपुरको गाईघाटमा २०५६ भाद्र २८ गते जन्मिएका निसान बहुप्रतिभाशाली व्यक्तित्व हुन् । उनी ग्ल्यामरको दुनियाँमा संघर्ष गरिरहेका छन् । उनी भन्छन्,–‘जिवनमा दुःख नगरी केहि हासिल नहुने रैछ भन्ने बुझेको छु त्यसैले म संघर्ष गरिरहेको छु । म ऐले जहाँ छु त्यहाँ सम्म आइ पुग्न मैले धेरै धेरै मेहेनत र संघर्ष गरेकोे छु र तेस्को फल अनुसार आज म यहाँसम्म आउन सफल भएके छु । अझै मेहेनत र सँघर्ष सहित यो क्षेत्रमा फड्को मार्ने उद्धेश्य लिई अघि बढिरहेको छु ।
आमा मिनाकुमारी तथा बाबु प्रेमकुमार लिम्बुको सुपुत्र निसानले आफूलाई विभिन्न कार्यक्रममा उत्कृष्ट सावित गरिसकेका छन् ।

‘लेट मी डान्स नेपाल २’ को टप १०, ‘उदयपुर लिटल आइकन २’ का बिजेता, ‘नेशनल लेभल एसइइ मोडल हण्ट २०१८’ फस्ट रनर अफ रहिसकेका उनले ‘उदयपुर लिटल आइकन ३’ मा कोरियोग्राफरको रुपमा आफूलाई चिनाइसकेका छन् । हाल उनी उदयपुर गाइघाटको ड्रिम्स डान्स, म्युजिक स्टुडियो एण्ड म्याजिक ट्रेनिङ सेन्टरमा नृत्य प्रशिक्षकको रुपमा नृत्य सिकाइरहेका छन् ।

फिलिपिन्समा सम्पन्न हुने लिटल एण्ड टिन ग्लाम इन्टरनेशनल प्रतियागितामा भाग लिएर आफ्नो देश र आफ्नो जन्मस्थानको नाम रोशन गर्न चाने निसान प्रतियोगिताबाट आफ्नो पनि व्यक्तित्व विकासमा सहयोग पुग्नेमा आशावादी देखिन्छन् । गाइघाटमा रहेर कर्म गर्दै आएका निसानले विभिन्न व्यूटि पेजेन्टहरुमा भाग लिँदै, ब्यूटि पेजेन्टहरु समेत संयोजक भई आफै आयोजना गर्दै आएका निसान आफु पनि उक्त प्रतियोगितामा भाग लिन पाउँदा हर्षित र उत्साहित भएको बताएका छन् । विश्व सामु नेपालको नाम चिनाउनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने समेत बताउँछन् ।