Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रेशमलाई शपथ खुवाएर जेल पठाउने तयारी

Thursday, January 3, 2019 National Power

काठमाण्डौ – कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले आज सांसद्को शपथ लिँदैछन् । चौधरीलाई सिंहदरबारमा शपथ खुवाउन लागिएको हो । शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिनेछ । शपथपछि उनलाई पुनः कारागार नै लगिने बताइएको छ । उनले निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो भने शपथसँगै बुझ्नेछन्।

संसद् नियमावली अनुसार उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन् । सेवा सुविधा रोक्का हुनेछ । भने, सांसद्को हिसाबमा बैठकमा भाग लिन पाउने छैनन् । प्रतिनिधसभा नियमावलीको २४४९३० अनुसार चौधरी संसद् बैठकमा सहभागी हुन पाउने छैनन् ।

२०७४ फागुन १४ गते चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । कैलाली घटनापछि फरार रहेका चौधरीले अदालतमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण गरेकै दिन अदालतले बयान गराई पुर्पक्षका लागि थुनामा पठाएको थियो । थुनामा रहेका चौधरीले आफूले निर्वाचित भएको प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । ०७४ पुसमा दर्ता रिटमा सर्वोच्चले पनि कानुनी हिसाबले फरार रहेको भन्दै वारेसमार्फत रिट दर्ता अस्वीकार गरेको थियो । चौधरीको रिट दरपीठ भएको थियो ।

२०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । उक्त घटनाका मुख्य योजनाकार चौधरी रहेको मुख्य आरोप छ । राजपाले संविधान संशोधनको माग राख्दै गर्दा चौधरीलाई पनि सपथ खुवाउनुपर्नें माग जोडेको थियो । पछिल्लो समय पुष १० गते राजपाका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफ्ना मागहरु पूरा गराउन दबाब दिएका थिए ।

ओलीले एक हप्ताभित्रमा मागका बारेमा जवाफ दिने बताएका थिए । संविधान संशोधन लगायतका अरु मागका विषयमा केही नबोले पनि चौधरीलाई सपथ खुवाएर ओलीले राजपासँगको दुरी बढ्न नदिने रणनीति लिएको देखिन्छ ।