Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

Sunday, January 6, 2019 National Power

अनलाइनखबर

१७ पुस, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र महत्वपूर्ण विकास आयोजनाहरुको प्रगतिबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोजना गरेको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।

आयोजनाहरुको प्रगति विवरणको प्रस्तुतिकरणपछि मुख्यमन्त्री पोखरेलले संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भए पनि यहाँ सञ्चालित आयोजनाहरुमा प्रदेश सरकारको सरोकार बढी रहने भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न आयोजना प्रमुखहरुसँग आग्रह गरे ।

आयोजना सम्पन्न गर्न आइपर्ने समस्या समाधान गर्न प्रदेश सरकारले केन्द्र सरकारसंग समन्वय र सहयोग गर्ने बताउँदै उनले समयमै काम सम्पन्न गर्ने आयोजना प्रमुख अर्को आयोजनाको हकदार रहने बताए । ठेक्का लगाइसकेपछि परियोजनाको डिजाइन परिवर्तन गर्दा राज्यलाई थप ब्ययभार पर्ने भन्दै मुख्यमन्त्री पोखरेलले ठेक्का लगाउनुपूर्व पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल आयोजना, लुम्बिनी विकास कोष, क्षेत्रीय शहरी विकास आयोजना भैरहवा, बुटवल सभाहल निर्माण कार्यान्वयन इकाई, सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजना, मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना, सिक्टा सिंचाइ आयोजनाको अहिलेसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।