Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिए सहकार्य हुन्छः कमल थापा

Wednesday, December 12, 2018 National Power

चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका छन् । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले हठात रुपमा हिन्दु राष्ट्र हटाउँदा चौतर्फी मार परेको दावी गरे । उनले भने, ‘कांग्रेस महामन्त्रीलगायतका नेताहरुले हिन्दुराष्ट्रका पक्षमा दिएका कुराहरु सकारात्मक छन्, संस्थागत निर्णय गरेर आए कांग्रेससहितका शक्तिहरुसँग सहकार्य हुन्छ ।’

हिन्दु राष्ट्र कायम गराउन राजनीतिक सहमति जुटाउनु पर्नेमा उनको जोड छ । सहमति नभएमा मात्रै जनमत संग्रहलाई विकल्पका रुपमा राख्नुपर्ने उनले बताए ।पछिल्लो समयमा नेपालमा १० लाखभन्दा बढि जनतालाई प्रभावमा पारेर धर्म परिवर्तन गराइएको थापाको दाबी छ । सरकार नै कुनै एक धर्म प्रचारको कार्यक्रममा सक्रियतापूर्वक लाग्नु लज्जाजनक भएको समेत उनले बताए ।पार्टी एकताका बारेमा सोधिएको प्रश्नमा राप्रपा अध्यक्ष कमल थापाले भने, ‘फेरि कहिल्यै पार्टी नफुट्ने गरि एकता गर्न खोजका छौं । फेरि फुट्यो भने हामी सकिन्छौं ।’