Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

निर्मला हत्या प्रकरणः बर्खास्त दुई अधिकारीले पुनर्वहालीको माग गर्दै निवेदन दिए

Sunday, December 2, 2018 National Power

काठमाडौं –  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धानमा लापरबाही गरेको आरोपमा बर्खास्तीमा परेका दुई अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन बुझाएका छन् । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक  डिल्लीराज विष्ट र प्रहरी निरीक्षक  जगदीश भट्टले जागिरमा पुनर्वहालीको माग गर्दै निवेदन बुझाएका हुन् ।

घटनाको अनुसन्धानमा प्रारम्भदेखि नै लापरबाही खुलेको विभिन्न समितिले निष्कर्ष निकालेपछि उनीहरुलाई बर्खास्त गरिएको थियो । बर्खास्त गरिएको ३५ दिनभित्र पुनर्बहालीको लागि निवेदन दिन सकिने प्रावधान अनुरुप उनीहरुले निवेदन दिएको स्रोतले बतायो ।

विष्टको कमाण्डमा रहेको कञ्चनपुर प्रहरीले घटनामा मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, निर्मलाको भजाइनल स्वावमा भेटिएको डीएनए र विष्टको डीएनए नमिलेपछि उनी छुटेका थिए । मन्त्रीपरिषदबाट निवेदन अस्वीकृत भए सर्वोच्च अदालतमा जाने उनीहरुको तयारी छ । प्रकरणमाथिको अनुसन्धान नै पूरा नभइ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २९ असोजमा विष्ट र भट्टलाई बर्खास्त गर्न गृहमन्त्रालयलाई सिफारिस गरेका थिए । उनीहरुलाई भविष्यमा सरकारी सेवामा योग्य हुने गरी सेवाबाट हटाइएको थियो । यसअघि १० साउनमा घरबाट हराएकी बालिका निर्मलाको भोलिपल्ट उखुबारीमा विभत्स अवस्थामा शव भेटिएको थियो ।