Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

प्रधानमन्त्री ओलीलाई जवाफ– सरकार भेटियो, न्याय भेटिएन

Thursday, November 29, 2018 National Power

काठमाडौं – सरकारद्वारा सार्वजनिक सामाजिक सुरक्षा कार्यक्रमले गाउँ–शहरदेखि सामाजिक सञ्जालसम्मलाई मंसिरको चिसोमा पनि तताइरहेको छ । कार्यक्रम राम्रो भए पनि भड्किलो भएको, बलात्कारपीडितले न्याय नपाइरहेका बेला पोल–पोलमा सरकार भेटिएको भन्दै सरकारप्रति व्यंग्यका वर्षा भइरहेका छन् । नकारात्मक प्रतिक्रियाहरुको भेल लागेपछि प्रधानमन्त्री स्वयं नै प्रतिरक्षामा उत्रिए पनि सवाल–जवाफ रोकिएको छैन । बरु, यो नयाँ कलेबरमा देखापरेको छ । यही सिलसिलामा सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसिएको हो ।

निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा अंग्रेजीमा लेखिएको छ– न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो । # impunity  दिइएको पोस्टर स्वतन्त्र युवाहरुले स्वतःस्फूर्त रकम खर्चेर टाँसेका हुन् । युवाहरुले आफ्नो पहिचान भने गोप्य राखेका छन् ।

अभियानका एक युवाले बुधबार राति निर्मलाको न्यायका लागि पोस्टर टाँसिएको अनलाइनखबरलाई बताए । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागिएको समाचार सार्वजनिक भएलगत्तै युवाहरुको यो समूहले व्यंग्य कस्दै भीखसमेत मागेको थियो । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । सरकारी तबरबाट हत्याको छानबिनका लागि गठिन समितिहरु समेत बेकामे बनेपछि यसको चर्को आलोचना हुँदै आइरहेको छ ।