Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

प्रदेशसभाका पूर्वउम्मेदवारको गोली हानी हत्या

Saturday, November 24, 2018 National Power

कपिलवस्तु -कपिलवस्तुमा एक जनाको गोली हानी हत्या भएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी ९राजा बाबु०को हत्या भएको हो । उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार थिए ।

उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली हानेर घाइते बनाएको थियो । उनलाई तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको रावलले जानकारी दिए । घटनास्थलमा गोलीका ३-४ वटा खोका भेटिएको थियो ।