Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

प्रहरीद्वारा महिलामाथि दुर्व्यवहार

Friday, November 23, 2018 National Power

वीरगञ्ज –  सामान्य पोके तस्करी भएको आारोपमा सशस्त्र प्रहरीले वीरगञ्जमा महिलामाथि दुर्व्यवहार गरेको छ । घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरीले गल्ती स्वीकार गरेको छ र संलग्न जवानमाथि कारबाही हुने बताएको छ । वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा एवं चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले महिलाहरुलाई कपाल समातेर लछार(पछार गरेका थिए । तस्वीरमा सशस्त्र प्रहरी जवानले महिलाहरुलाई दुर्व्यवहार गरेको प्रष्ट देखिन्छ ।

घटनाको सार्वजनिक भएपछि सबैतिर आलोचना भएको छ । राजपा नेपालका महासचिव राजेशमान सिंहले सशस्त्र प्रहरीले निकृष्ट र अमानवीय कार्य गरेको भन्दै कारवाहीको माग गरेका छन् । ‘बर्दीको आडमा सर्वसाधारण महिलामाथि यसरी लछार(पछार पारेर निकृष्ट कार्य गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ’ उनले भने । सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले सशस्त्र प्रहरीबाट गल्ती भएको स्वीकार गरेका छन् ।

गल्ती गर्ने दुई जवानमाथि आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए । ‘शुरुमा पोके तस्करी गर्ने महिलाहरुसँग समान खोसाखोस भएको थियो, त्यसपछि उनीहरुले ढुंगामुढा गरेछन्’ उनले भने, ‘त्यसपछि आक्रोशमा आएर गल्ती गरेछन् ।’ उनले अघि भने ‘दुवै जवानलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय चिनी मिल पर्सामा पठाइसकेका छौं ।’ त्यसक्रममा सशस्त्र प्रहरीले ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको उनले बताए ।

स्रोत : अनलाई खवर