Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

भोलीबाट देशभर कोईला लाग्दै

Thursday, November 22, 2018 National Power

काठमाडौं –  दर्जन बढी चलचित्रमा अभिनय गरेका नायक प्रज्वल गिरीले निर्माण र अभिनय गरेको पछिल्लो चलचित्र कोईला प्रदर्शनको तयारीमा रहेको छ । भोली देशभरका हलहरुबाट कोईला  आम दर्शकमाझ आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टोली यतिबेला निकै व्यस्त बनेको छ ।

विभिन्न कार्यक्रमका साथै चलचित्रको आक्रामक प्रचार प्रसारमा जुटको कोईला टोलीले चलचित्रले दर्शकको साथ पाउने अपेक्षा राखेको छ । चलचित्र वर्तमान परिस्थितिसँग मेल खाने नायक तथा निर्माता प्रज्वलले बताए । केही समय पहिले कलंकी हलमा चलचित्रको च्यारिटि शो गरिएको थियो ।

च्यारिटी शोमा पुगेका दर्शकले चलचित्र निकै राम्रो बनेको बताए । दर्शकको प्रतिक्रियाबाट सन्तुष्ट बनेको कोईला टोली चलचित्र प्रदर्शनमा आएपछि पनि यस्तै दर्शकको साथ रहने अपेक्षामा रहेको छ । सम्पुर्ण दर्शकहरुको मन जित्नेमा विश्वस्त बनेको छ । चलचित्र कोईला यस अघि बैशाख २१ मा दर्शक माँझ आउने मिति तय भैसकेको थियो तर उक्त मितिमा धेरै चलचित्र एक साथ प्रदर्शनमा आउने भएका कारण निर्माण पक्षले चलचित्रको मिति पोष्टपोण्ड गरेको थियो ।

चलचित्र कोईला आरोहि फिल्मस्को ब्यानरमा निर्माता बि जे शर्माले निर्माण गरेका हुन् भने चलचित्रको कथा सुदिप आत्रेयले लेखेका हुन् । चलचित्रमा एक्सन नायकको रुपमा आफूलाई चिनाउन सफल नायक प्रज्वल, सोनीया गिरी, ममता खड्का, ध्रुब कोईराला, किरण थापा, कालु राणा, देब नेपाल, रामचन्द्र अधिकारी सुरज पराजुली, दिपेन्द्र कोईराला, पुजा रिजाल, रमन बिन्दास, अभिषेक गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

गजेन्द्र रञ्जित निर्देशित उक्त चलचित्रको छायाकंन मदन कस्यप घिमिरेले गरेका हुन् । चलचित्रमा नेपालकै एक सुकुम्बासीको कथा ब्यथालाई समाबेश गरिएको र चलचित्र हेर्न हल पुग्नु दर्शकहरुलाई चलचित्रले २ घण्टाको अवधि ढुक्कका साथ बाँधेर राख्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । चलचित्रमा हासोे, रोदन, एक्सन समाबेश भएका कारण दर्शकका लागि चलचित्र एक पूर्ण प्याकेज भएको निर्माण पक्षको दाबी छ ।