Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भाषण दिने तरिकालाई चट्टै छोडेर काम गर्न तिर लाग्नुहोस नेता ज्यु

Sunday, November 18, 2018 National Power

२, मंसिर / काभ्रेपलान्चोक – काभ्रे यसो त काभ्रे कोशीपारि चल्ने अरनिको राजमार्ग अन्तर्गत पर्ने सडकको अवस्था जस्ताको तस्तै रहेको छ । यस क्षेत्रको सडकको अबस्था नियालेर हेर्ने हो भने निकै असुरक्षीत र दयनिय छ

उसो त यस क्षेत्रबाट धेरै संसद, मन्त्री तथा राजदुत बनिसकेका छन् तर यिनिहरुले पनि केही गरेनन् गरे त सिरिफ आफ्नो र आफन्तको पेट भर्ने काम गरे । २०६४ सालको निर्वाचनमा दस बर्ष जनयुद्ध गरेर जनतालाई खुशि बनाउने प्रतिबद्धता लिएर हिडेका सुर्यमान दोङ्ग (लालधोज )

ले जिते यिनले पनि यो कोशीपारी क्षेत्रमा केहि गरेनन् । गरे त केबल आश देखाउने काम मात्र गरे । २०७० सालको चुनाबमा नेपाली काङ्ग्रेसबाट लडेर तिर्थ लामाले

जिते यिनले पनि आफ्नो क्षेत्र बनाउने काम मात्र गरे र आफू महलमा बस्ने र चिल्ला गाडी चढेर हिड्ने काम गरे ।

साथै यसै कोशीपारि क्षेत्रबाट माओबादी केन्द्रका होनाहार नेता कनाम सिह लामा

कोरियाली राजदुत बने ५र५ बर्ष कोरिया बसेर आए आखिर यिनले पनि केही गरेनन्, गरेत केबल शहरमा महल ठडाउने काम गरे । त्यस्तै २०७४ सालमा स्थानिय स्तरको निर्बाचन भयो जसमा हम्मे हम्मे परेर माओबादि केन्द्रका दिननाथ गौतम

गाउँ पालिकाको अध्यक्ष पदमा जिते र माओबादी केन्द्र बाटै उपाध्यक्ष तारा गौतमले जितिन लगभग एक बर्ष पार गर्न थालीसक्यो यिनिहरुले पनि केही लच्छारपाटो लगाएको देखिएन । चिल्ला गाडिमा हिडेको भरमै राज्य जनताले पसिना बगाएर तिरेको करबाट तलब खाने काम मात्रै गरे । खै नेता ज्यु आखिर यहि हो तपाईंहरुको बिकाश रुरु आफ्नो स्वार्थ मात्र पूरा गर्ने अनि जनताको आखामा छारो हाल्ने काम मात्रै गर्ने रु पालिकामा Wifi राख्नु भएको छ रे आफ्नो मात्रै स्वार्थको लागि राख्नु भो बिचरा ती बिहान बेलुकी घाँस दाउरा गर्ने बुबा आमालाई के थाहा छ र रु त्यो Wifi  सट्टामा एउटा टोलमा खानेपानीको धारो राखी बिहान बेलुकी एक गाग्री पानी भर्ने सुबिधा पाएको भए आज ती बुढी आमा कति खुशी हुने थियिन होला रु

तपाइँले wifi राखेर के पाउनु भो रु त्यही दिनभरी भाषण गर्दै हिडेको तस्बिर Facebook मा राख्नको लागि मात्र रु दिनभर कार्यलयमा youtube herna लागि मात्र  यस्तो सुहाएन नेता ज्यु पटकै सुहाएन । Wifi को लागि अझै बजेट छुट्याउनु भएको पनि छ रे यो छुट्याइएको बजेट खानेपानीको लागि प्रयोग गर्दा हुन्न र हजुर ?

त्यस्तै २०७४ सालमै अर्को चुनाव भयो जसमा यस क्षेत्रबाट जुन चुनाबले प्रदेश बनाउने काम गर्छ जसमा एमाले र माओबादी चुनाबी सहकार्य गरि प्रदेशसभा र प्रतिनिधि सभा दुबैमा बाम गठबन्धनले जितेको छ । चुनाब सकिएको १/२ महिना बितिसक्यो तर पनि जितको खुशिमा गाउँ गाउँ छिरेर रातो अबिर र माला लगाउदैमा ब्यस्थ देखिन्छन् ।

यता भुकम्प पिडितको कुरा गरौ उस्तै छ । पिडितले घर बनायो बनाएन के कस्तो छ पिडितको अबस्था छ अह कसैलाई थाहा छैन म्याद सकिने दिन नजिकिदै छ पिडितले अहिले सम्म के गरे कसो गरे गाउँपालीकाका अध्यक्ष उपाध्यक्ष साथै सम्पुर्ण वडाका वडाध्यक्ष कोहि कसैलाई मतलब छैन पिडितहरु अझै सम्म टहरामै बस्न बाध्य छ । कोहि कसैले ऋण गरेर घर त बनाए तर अनुदान स्वरुप पहिलो किस्ता समेत पाएका छैनन् । सुनिन्छ अनुदान नपाउनुको प्रमुक कारण भनेको इन्जिनियरको लापरबाही देखिएको पिडितहरु भन्छन् ।

अब यहाँ कस्को कुरा सुन्ने पिडितको सुनौ इन्जिनियरको कारणले गर्दा ऋण त गरियो घर पनि बनाइयो तर उक्त घर पहिलो किस्ताको लागि भरिएको फारम पास नभएको हो या फारम सम्बन्धित स्थानमा पुगेर पनि किस्ता आउन रोकिएको हो भन्ने कुरा बुझ्नै सकिएको छैन । अब कुरा गरौं नब निर्बाचित नब निर्बाचित संसदहरुको, संसद ज्यु तपाइले जित हासिल गरेर मात्रै भएन, टोलटोलमा पुगेर जनताको घर दैलोमा पुगेर फुलमाला लगाएर मात्र भएन त्यो फुलमाला लगाउने समय जनताको पीडा सुन्ने प्रयास गर्दा के होला रु अबको दिनहरुमा तपाईलाई जनताले जति गर्नु गरिसके जनताले ज्यानको बाजि लगाएर तपाइँलाई जिताएका छन ।

तपाईं चोक चोकमा चिल्ला गाडिमा हुइकेर मात्र हुदैन त्यो डाडामा हुइकिने समय बरु बिकास निर्मानको लागि रोकौ, सर्ब प्रथम अब तपाइले जनताको प्रमुख समस्या के हो बुझेर कार्यकाल तिर लाग्ने हो कि रु मैले देखे अनुसार यस कोशीपारि क्षेत्रमा सबै बन्दा ठूलो समस्या भनेको खाने पानी रहेको छ । अहिलेको समस्या भनेको खडेरीको समय हो यो समयमा खाने पानीको मुहान सुकिसकेको छ र यो समस्याको समाधान तिर लागौं , त्यस्तै अर्को त्यस्तै समस्या रहेको छ सडक बाटो पनि उस्तै रहेको छ । बर्षिनै पिच्छे धेरैले ज्यान गुमाएका छन् । केही बर्ष अडागी काभ्रेकै सबै भन्दा ठूलो सडक दुर्घटना भयो जहाँ २७ जनाले ज्यान गुमाए ।

हामीलाई त्यो सम्झना अझै छ । त्यस्तै केही हप्ता अगाडि मात्र कोशीपारि स्थित भुम्लुमा टिप्परले एक बालकको ज्यान लियो, त्यस्तै केही हप्ता अगाडि त्यही स्थानमा टिप्परले एक सुमोलाइ ठक्कर दियो सुमो सडकबाट तल झर्यो र प्रभा माबिका एक शिक्षक घाइते भए । अबको दिनहरुमा यी र यस्ता दुर्घटना नदोहोरियोस कच्ची सडक र सागुँरो सडकलाई बढाउने कार्यको पहल गर्नुहोला खाल्डाखुल्डी सडक पुर्ने कार्य तिब्र रुपमा अगडी बढाउनु पर्यो । अबको केही बर्ष भित्र यो दोललघाट देखि मदान कुडारिको कच्ची सडक पिच गर्ने पहल तिर लाग्नुहोस ।यहाँ देशका ठुला ठुला नेताहरु आए सबैले आशा मात्रै देखाए, बाबुराम आए, प्रचण्ड आए, शेरबहादुर आए तर जुनै जोगि आए पनि सबै उहीँ रहेछन सबै कानै चिरेको । धेरै बर्ष पहिला बाबुराम आएका थिए बाबुरामले भने अबको केही बर्ष भित्र कोशी पारीको सडक पुच हुन्छ, प्रचण्ड आए उनको बोली पनि उस्तै भयो भने शेरबहादुर ले पनि उहीँ जनतालाई आश्वासन देखाउन काम मात्र गरे । देशका प्रधान मन्त्री भइ खाएकाहरुको झन कुनै बिश्वास नहुने रहेछ । बोल्नेको कुनै ठेगान छैन । नेता ज्यु यसरी जनतालाई झुठो आश्वासन बाड्नु भन्दा चुप लागेर केही नबोली बसेकै बेस हुन्थ्यो हैन र ?

 

Khaber collection bata