Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

छ महिना नवित्दै उप्कियो , काभ्रे कोशिपारिको कालपत्रे सडक खण्ड

Saturday, November 17, 2018 National Power

काभ्रे । जिल्लाको कोशीपारी सडक खण्डमा कालपत्रे गर्ने निक्कै नै चर्चामा रहेपनि ढिलो गरि कालोपत्रे ९पिच० शुरु भएको थियो । तर विडम्बना पिच गरेको छ महिना वित्न नपाउँदै ठाउँ–ठाउँमा उप्किन थालेको छ ।

व्यवस्थित सडक नहुँदा कोशीपारी दुईवटा गाउँपालिकाका जनताले कष्टकर जीवन विताउदै आएकोमा सडक पिच हुन थालेपछि खुशी देखिन्थे । तर पिच गरेको एक महिना नवित्दै यसरी कालोपत्रे उप्किएपछि स्थानीय जनता निराश भएका छन् । ‘बल्ल तल्ल कालोपत्रे भएको, अब त राम्रो भो भन्ठानेको छ महिना नवित्दै उप्कियो ।’ स्थानीय एक ब्यक्तिले भने, ‘यस्तो लापारवाही गर्नेलाई तुरुन्त कार्वाही होस् ।’

दोलालघाट देखि भुम्लुटारसम्म गरेको पिच धेरैले जसो ठाउँमा यसरी उप्कियो छ् । भुम्लु गाउँपालिकाको दोलालघाट देखि भुम्लुटारसम्म पिच गरेको थियो । ठेकेदारलाई २०७६ असार सम्म पिच गर्नको लागि ठेक्का दिएको थियो । असार अगाडि नै कमसल पिच गरेको छ । २०७६ असार सम्म ठेकेदारले बाटो बिग्रेको खण्डमा मर्मत गर्नु पर्ने हुन्छ । सुरुमा नै कमजोर बनाए पछी कहिले सम्म दिन्कै मर्मत गर्ने । कमसल पिच गर्ने बजेट पचाउने काम भएको होइन र कि त कमसल पिच गर्नु बेला बेलामा मर्मत सम्भार गर्नु भनेर सम्झौता सडक बिभाग संग गरिएको हो ।

स्थानीय युवा नेता क्रान्ति लामाले पनि सडक उप्किएकोमा दुःख व्यक्त गरे । जनप्रतिनिधिहरुले यस्को नियमान गर्ने र दोषीलाई कार्वाही गर्नुपर्ने उनको तर्क छ । ‘जनतााले गाँस काटेर तिरेको करको किन खेबाड भईरहेको छ रु जनताले जनप्रतिनिधबाट के आस गर्नु रु’ दुई गाउँ पालिकाको जनप्रतिनिधिले के हेरेर बस्दै छन् । सडक बिभाग कहाँ छ किन देखेर पनि नदेखेको जस्तै गर्दैछ लामाले भने, ‘यसको जबाफ कसले दिने अब कहिले कारबाही हुन्छ रु’