Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

वायुसेवा निगमले भन्योः संस्था उच्च जोखिममा छ, आर्थिक सहायता चाहियो

Friday, November 16, 2018 National Power

काठमाडौं – नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ । बिहीबार अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा अत्याधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताएका हुन् ।

खरेलले स्वेतपत्रमा भनेका छन्, ‘वायु सेवा निगमको जहाजको तिर्नुपर्ने कर्जा ३२.८७ अर्ब रहेको छ । निगमको दीर्घकालीन कर्जा र जम्मा पूँजी ३९.८२ रहेकोले निगम उच्च जोखिममा रहेको छ ।’ कर्जा तिर्नका लागि निगमले वाषिर्क १०.५० प्रतिशतका दरले ब्याज भुक्तानी गर्नुपर्ने हुँदा निगमलाई उच्च किस्ता तिर्नुपर्ने भएकाले यसले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर परेको स्वेतपत्रमा उल्लेख गरिएको छ ।

‘तसर्थ वित्तिय सूचकांकहरूलाई निगम अनुकुल बनाउन तुरुन्त नेपाल सरकारबाट पूँजी लगानी भित्र्याई वित्तीय जोखिम न्युनीकरण गरी निगमको विश्वसनीयता कायम गर्नुपर्ने देखिन्छ’, स्वेतपत्रमा भनिएको छ ।

निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्याधिक रहेको र वाइडबडी जहाजको व्यवसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै आर्थिक सहायता दिनुपर्ने स्वेतपत्रमा उल्लेख गरिएको छ । निगमको बजार हिस्सा एक वर्षको अवधिमा करिब दुई प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा आव ०७४/७५ मा बजार हिस्सा १.८ प्रतिशतले घटेको निगमले जानकारी दिएको छ ।

निगमको आन्तरिक तर्फ मात्रै बजार हिस्सा १.३ प्रतिशतले घटेको छ । स्वेतपत्र मार्फत निगमले बजार व्यवस्थापन रणनीति नयाँ बनाइ बजार हिस्सा बढाउनुपर्ने ठहर गरेको छ । निगमको गत साउन र भदौमा ‘सीट फ्याक्टर’समेत ओरालो लागेको छ । तत्काल उपयुक्त बजार व्यवस्थापन रणनीति बनाएर सीट फ्याक्टर बढाउनुपर्ने स्वेतपत्रमा उल्लेख गरिएको छ । ए-३२० जहाजले जापान, रियाद र कोरियामा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जिएसए छनोट कार्य पनि भइरहेको स्वेतपत्र जारी गर्दै निगमका अध्यक्ष खरेलले जानकारी दिए ।