Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

Wednesday, November 14, 2018 National Power

गोरखा –  गोरखा नगरपालिका -११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९०१ नम्बरको मोटरसाइकले ठक्कर दिंदा सिरानचोक गाउँपालिका -४ का ६० बषिर्य हर्क बहादुर लामाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज दयाराम पौडेलले बताए । मोटरसाइकल र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।