Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

काठमाण्डौमा “हिमालकी रानी”को च्यारिटि शो हुँदै

Sunday, November 11, 2018 National Power

काठमाण्डौ-  लामो समयदेखि प्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो गरिने भएको छ । आउदो कार्तिक २७ गते बालाजु स्थित अष्टनारायण हलमा ११ बजे चलचित्रको च्यारिटी शो गरिने चलचित्रकी हिमालकी रानी अर्थात नायिका शान्ता तामाङ्गले जानकारी दिइन । संयुक्त एकता आवाज केन्द्रको सहयोगार्थ प्रदर्शन गरिन लागेको उक्त च्यारिटी शो पश्चात देशका प्रमुख शहर तथा विदेशमा प्रदर्शन हुने छ । करीब ५० जना अभिभावकविहिन बालबालिकालाई लामो समयदेखि आश्रय दिएर समाजसेवामा उल्लेख्य योगदान दिए बापत थुप्रै अवार्ड एवं सम्मानित भएका संयुक्त एकता आवाज केन्द्रका संचालक तिल बहादुर कार्कीले संचालन गरेका केन्द्रको ब्राण्ड एम्बेसडर तथा सल्लाहकार समेत रहेकी नायिका एवं समाजसेवी शान्ता तामाङ्गको प्रमुख एवं सशक्त भूमिका रहेको चलचित्रमा सभ्य समाज निर्माण तथा रुपान्तरणको निमित्त राजनितिक क्रान्ती साथै श्रृजनात्मक कला, साहित्यको उतिकै भूमिका हुने भएकोले चलचित्र मार्फत धादिङ्ग, नुवाकोट तथा रसुवा जिल्लाका तामाङ्ग तथा घले समुदायको वास्तविक संस्कार एवं परिवेशलाई चित्रण गरिएको छ ।

तामाङ्ग समुदायको लोपोन्मुख संस्कार एवं संस्कृतिको संरक्षणका निमित्त निर्माण गरिएकोले चलचित्रलाई दर्शकले रुचाउनेमा नायिका शान्ता विश्वस्त छिन । लाप्साङ्गकार्पो म्यूजिक सेन्टरको तेश्रो प्रस्तुती रहेको चलचित्र हिमालकी रानीमा शान्ताका अलावा कलाकारहरु विजय लामा,प्रदीप फ्यूवा, कान्छा लामा,मर्नेन तामाङ्ग, कमल तामाङ्ग,प्रकाश तामाङ्ग कुईसेङ्ग रुम्बा, जयविर तामाङ्ग, लक्ष्मी घिसिङ्ग, जिवी घले, सोप्यत तामाङ्ग, महेन्द्र तामाङ्ग सिंह बहादुर तामाङ्ग लगायतको अभिनय रहेको छ , भने चलचित्रको लेखन तथा निर्देशन रोशन फ्यूबा तामाङ्गले गरेका छन । कमल तामाङ्ग, सुनानी तामाङ्ग तथा प्रशंस फुयूबा निर्माता रहेको चलचित्रको छायांकन प्रकाश तामाङ्ग तथा रोशन फ्यूबाले गरेका छन भने चलचित्रमा समावेश गीतहरु यस अघिनै चर्चामा रहेको थियो ।

लामो समयदेखि मनोरन्जन क्षेत्रमा क्रियाशिल नायिका एवं समाजसेवी शान्ता महिला अधिकार तथा समानताका निमित्त लागी पर्दै आइरेहेकी छिन । क्रिष्टल सब रेमिट , क्रिष्टल ट्राभल्स ,ललित मनि ट्रान्सफर तथा एसके ईन्टरटेनमेन्टको संचालक समेत रहेकी नायिका पेशाले एक सफल महिला ब्यवसायी समेत हुन । मिसेज नेपाल आईकनकि विजेता एवं जुम्बा क्वीन २०१४ तथा मेन्दोमायाको संस्थापक समेत रहेकी शान्ता आफू उक्त प्रतियोगीता विजेता पश्चात ईभेन्ट व्यबस्थापनमा समेत सक्रिय रहदै आएकी छिन ।

विशेष गरि तामाङ्ग तथा मंगोल जातीका संस्कार,संस्कृति तथा रितिरिवाजको संरक्षण एवं प्रवद्र्धनका निमित्त मिसेस तामाङ्ग, मिसेस गुरुङ्ग जस्ता प्रतियोगिता आयोजना गरि बहुप्रतिभा धनीका रुपमा समेत पहिचान बनाएकी नायिका शान्ताले हालै मात्र दुवईमा आयोजना भएको मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएकी थिईन ।