Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

दर्शकको मन मुटुमा बस्न मन छ: मोडल तथा नायिका भण्डारी

सिन्धुपाल्चोक जिल्लामा जन्मनुभएकी मोडल तथा नायिका रेजिना भण्डारी छोटो समयमै चर्चा
Saturday, November 10, 2018 National Power

सिन्धुपाल्चोक जिल्लामा जन्मनुभएकी मोडल तथा नायिका रेजिना भण्डारी छोटो समयमै चर्चामा आउन सफल मोडल तथा नायिकामा पर्दछिन् । नयाँ नयाँ ठाउँहरु घुम्न , नयाँ मान्छेहरु भेट्न, डान्स गर्न मन पराउने मोडल तथा नायिका भण्डारी आज भोलि मोडलिङ्मा निकै ब्यस्त रहेको वताउँछिन्। प्रस्तुत छ नेशनल पावर न्युजका लागि अरबिन्द्र गौतमले मोडल तथा नायिका रेजिना भण्डारी सँग गरेको छोटो कुराकानीः

० नेशनल पावर न्युजको पावर टकमा स्वागत छ ,
धन्यवाद

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
फिल्ममा पनि काम गरिएको छु साथ साथै आज भोलि म्युजिक भिडियोमा पनि अलि ब्यस्त छु ।

० अहिलेसम्म कति म्युजिक भिडियो वटा खेल्नु भयो ?
फिल्ममा पनि काम गर्दै गरेकोले धेरै खेल्न पाएको छैन,अहिलेसम्म दुई वटामा खेलेको छु अहिले नयाँ म्युजिक भिडियो आउने क्रममा छ ।

० कस्तो खालको गीतमा बढी खेल रुचाउनु हुन्छ ?
मलाई सबै खालको मन पर्छ यो त्यो भन्नी हुन्न सबै राम्रो नै लाग्छ सबै गितमा खेल्ने गरेको छु ।

० मोडलीङ क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै भएको कारणले लागी रहेको छु । सन्तुष्ट नभएको भए निरन्तरता दिने थिइन ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
त्यो सवै दर्शकको हातमा छ , सबै दर्शक श्रोताको माया र साथ पाइयो भने अबस्यनै बाँच्न सकिन्छ ।

० कस्को प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
मलाई सानै देखी डान्स गर्न , नक्कल गर्ने मन पर्ने भएको कारण म आफै यस क्षेत्रमा लागेको हु ।

० कस्तो नायिका तथा मोडल बन्न मन छ ?
मलाई सबै दर्शकले मन पराउने र दर्शक श्रोताकोहरुको मन मुटु बाट कहिलै नहट्ने खालको लोक प्रिय बन्न मन छ ।

० तपाईंले चलचित्र पनि खेल्नु भएको छ भन्ने सुनिएको छ, हाल सम्म कति वटा चलचित्रमा खेल्नु भएको छ ?
खेलेको छु , मैले अहिले सम्म तीन चार वटा चलचित्रमा खेलेको छु ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
काम दुबैमा उस्तै हो, मेहनत दुबैमा गर्नु पर्छ । मलाई दुबैमा सजिलो नै लाग्छ तर सानो पर्दामा केही सहज हुन्छ ।

तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
एक बर्ष अगाडि भोजपुरी फिल्म दिलवाको ओठ लालि से रोटी बोरके गित धेरै चर्चा आएको थियोे ।

० मोडलीङ क्षेत्र आएको बिकृति लाई कसरी लिनु भएको छ ?
मलाई त्यस्तो केहि लाग्दैन आफ्नो कामलाई जसरी देखाए पनि हुन्छ ।

० नायिका तथा मोडलहरुले अहिले पछिल्लो समय पनि अङ्ग प्रदर्शन गरेर चर्चा कमाएका छ्न भन्ने सुनिन्छ के चर्चामा आउन अङ्ग प्रदर्शन नै गर्नु पर्ने हो र ?
यो कुरा म मान्दिन चर्चामा चर्चामा आउन अङ्ग प्रदर्शन गर्नु पर्छ भन्ने छैन ।

० अन्तमा के केही भन्नु छ ?
मलाई माया गर्नु हुने सबै दर्शक श्रोताकोहरु लाई छठ पर्वको शुभकामना मेरो नयाँ म्युजिक भिडियो आउदै छ हेरेर माया गर्नु होला भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।