Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा पोष्ट गर्ने नेविसंघ कार्यकर्ता काभ्रेमा पक्राउ

Tuesday, November 6, 2018 National Power

२० , कात्तिक – काभ्रेपलान्चोक प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका वडा नंवर ५ गौरिबिसौना देउपुर घर भएका १७ बर्षका कृष्ण ढकाल सेतु रहेका छन् । उनी देउपुरकै तपेश्वर उच्चमाविमा कक्षा १२ मा अध्ययनरत छन् ।

उनी नेविसंघको स्थानीय कमिटीमा आवद्ध कार्यकर्ता हुन् । उनलाई आज दिउँसो पक्राउ गरी धुलिखेल ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीमाथि साइबर क्राइमअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ । यसअघि सामाजिक सञ्जालमा यस्तै पोष्ट गरेको अभियोगमा रोशी गाउँपालिकाका वडा सचिव होमनाथ सिग्देल पक्राउ परेका थिए ।

–  प्राइम न्युज बाट