Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काठमाडौँमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने

Tuesday, November 6, 2018 National Power

२० कात्तिक , काठमाडौं– काठमाडौ प्रशासनले तिहारमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न समयावघि तोकेको छ । निर्धारित समयावधि भन्दा बढी सयम देउसीभैलो खेले कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले देउसीभैलो खेल्ने बाहनामा राति उच्छृङ्खल तथा आपराधिक गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणको शान्तिसुरक्षाका लागि देउसीभैलो खेल्नलाई समयावधि निर्धारण गरेको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयले राति अवेरसम्म देउसीभैलो खेल्दा झैझगडा, कुटपिट, हुलदङ्गा हुनसक्ने भएकाले शान्तिसुरक्षा कायम राख्नका साथै अपराध नियन्त्रण गर्न राति १० बजेसम्मको समयअवधि उचित भएको सरोकारवालाको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पनि तिहारमा घरपरिवारसँंग बसेर हर्षोल्लासमय वातावरणमा मनाउन अपिल गरेको छ ।