Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

तिहारका लागि ६० करोडको झिलिमली बत्ती आयात

Sunday, November 4, 2018 National Power

१८ कात्तिक, काठमाडौं – उज्यलो पर्व तिहारमा झिलिमिली बिजुली बत्ती जोडने प्रचलन पुरानै हो । शहरमा मात्रै होइन, गाउँघरमा पनि तिहारमा झिलिमिली बत्ती जोड्ने प्रचलन सामान्य बनेको छ । त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री वितरण तिहार नजिकिएसँगै उच्च छ । झिलिमिली बत्तीकै लागि तिहारमा मात्र नेपालबाट कति रकम बाहिरन्छ त रु नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलका अनुसार तिहारमा यो वर्ष ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको छ ।

अहिले तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार सुरु भइसकेको छ । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने क्रम सुरु भएको छ । सडकपेटीमै पनि यो बत्ती बेच्नेहरु भेटिन्छन् । महासंघका अध्यक्ष खरेलका अनुसार यसवर्ष तिहारका लागि झण्डै ६० करोड रुपैयाँ भन्दा बढीको बत्ती विदेशबाट आयात भएको छ । थुप्रै होलसेलरहरुले तिहारका लागि यत्तिको बत्ती झिकाएका हुन् ।

‘झिलिमिली बत्ती तिहारको समयमा मात्रै बिक्री हुन्छ । अन्य समयमा त यसको बिक्री हुँदैन नै भन्दा हुन्छ,’ खरेलले भने, ‘व्यावसायीले यो वर्ष झण्डै ५० देखि ६० करोड रुपैयासम्मको झिलिमिली बत्ती झिकाएका छन् ।’ यी बत्ती डेढ अर्ब रुपैयाँ बराबरमा कारोबार हुन्छ । यसमा उपभोक्ताले बिजुलीको महशुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग दोब्बर भन्दा बढी खपत हुन्छ ।

तिहारका लागि भारत र चीनबाट धेरै बत्ती नेपाल आयात गरिसकिएको छ भने केही आयात हुने क्रममा छन् । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाटै आयात हुने गरेको छ । तिहारलाई लक्षित गरी व्यावसायीले झण्डै २-३ महिना अघिदेखि नै झिलिमिली बत्ती ल्याउने प्रक्रिया थालेका थिए ।त्यसअनुरुप नेपालमा पछिल्ला केही दिनमा दैनिक ठूलो परिमाणमा झिलिमिली बत्ती भित्रिरहेका छन् । कस्ता बत्ती आए रु यो समयमा साधारण बल्बको बिक्री पनि दुईगुणाले बढ्ने गरेको व्यावसायी बताउँछन् ।

‘घरको सबै ठाउँ उज्यालो राख्नुपर्ने मान्यताका कारण घरका सबै होल्डरमा बत्ती जोड्ने गरिएको छ,’ अध्यक्ष खरेलले भन्छन्, ‘त्यसैकारण साधारण बल्ब पनि यो समयमा अत्याधिक बिक्री हुन्छ ।’ बजारमा यस्ता झिलिमिली बत्तीहरु फरक-फरक मूल्यमा उपलब्ध छन् ।न्युनतम प्रतिगोटा ५० सयदेखि १२-१५ हजार रुपैयाँसम्म पर्ने बत्तीहरु तिहारका लागि आयात हुन्छ । प्रायः बल्ने-निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेश मल लगायतको सजावट गर्न यसको अत्याधिक प्रयोग गर्छन् ।

पछिल्लो समयमा विभिन्न मूल्यका क्लब तथा रोटर लाइटहरु पनि तिहारमा लागि प्रयोग हुन थालेका छन् । यस्तै देवी देवताका फोटोमा जोडिएको बत्तीको बिक्री पनि यो समयमा धेरै हुन्छ ।यसैकारण वर्षैपच्छे तिहारमा यस्ता बत्तीको माग बढिरहेको छ । लोडसेडिङको समयमा समाधान भएकाले पछिल्ला वर्षहरुमा तिहारमा यस्ता बत्तीको माग दोब्बर भएको व्यावसायी बताउँछन् । तर, धेरैले एक वर्ष किनेपछि अरु वर्षमा पनि प्रयोग गर्न मिल्ने भएकाले ठूलो मात्रामा अब माग नबढ्ने दावी अध्यक्ष खरेलको छ ।