Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आयो चौक दाउको मेरो मायाँ कतारमा…

Saturday, November 3, 2018 National Power

काठमाडौं – चलचित्र ‘चौका दाऊ’को नयाँ गीत मेरो मायाँ कतारमा सँधै हतारमा…को भिडियो बिहिबार साँझ रिलिज गरिएको छ ।  निर्माण संस्था सौर्य प्रोडक्सनले यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरेको हो ।


आगामी २७ पौषबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रलाई सौर्य प्रोडक्सनले निर्माण गरेको हो ।  चलचित्रका कथाकार एवम् परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यो गीतको संगीत गरेका हुन् । श्री पुरुष ढकालको शब्द रहेको यो गीतलाई शम्भुजीतसँगै सुमन गुरुङले गायका छन् ।
यो आईटम गीतमा सोनीका केसीको निकै कामुक शैलीको आईटम नृत्य रहेको छ । यो नृत्यमा सोनीकाको कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई लगायतलठ्ठिएको दृष्य हेर्न पाईन्छ । गीतको नृत्य निर्देशन बसन्त श्रेष्ठले गरेका हुन् ।
गीतको अन्त्यमा अभिनेत्री वर्षा राउत प्रस्तुत हुन्छिन् । वर्षसँगै अभिनेता अजश्र ढुँगानाको पनि नृत्य हेर्न सकिन्छ ।  यो चलचित्रमा वर्ष राउत, अजश्र ढुँगाना, विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई, निर्मल शर्मा, सोनिका केसीलगायतको अभिनय छ ।
दीर्घ गुरुङको छायाँकन रहेको यो चलचित्रमा मित्रदेव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन छ । चलचित्रलाई सौर्यजीत बाँसकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् ।