Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

वीरगञ्जमा मानव साङ्लो

Friday, November 2, 2018 National Power

१६ कात्तिक, वीरगञ्ज – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सयदिन पुगिसक्दासमेत हत्यारा पत्ता नलागाएको भन्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । वीरगञ्जको घण्टाघरमा मानव साङ्लो बनाएर न्याय दिलाउन माग गरिएको हो । वीरगञ्जमा विभिन्न संघ संस्थामा आवद्ध युवा, विद्यार्थीहरु मिलेर मानव साङ्लो निर्माण गरेका थिए ।

घटना भएको सय दिन पुगीसक्दासमेत निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । प्रहरी प्रशासन र सरकारलाई दवाव दिन र निर्मलाको परिवारलाई हामी साथ छौं भन्ने सन्देश दिन मानव साङ्लो निर्माण गरिएको संस्कृतिकी अध्यक्ष शैली चौधरीले बताइन् ।

‘एउटा बालिकाको बलात्कारपछि हत्या भएको छ, तर हत्यारा अझै पत्ता लाग्न सकेको छैन,’ उनले भनिन, ‘ घटनाको अनुसन्धानमा दवाव दिन र निर्मलाको परिवारको न्यायका लागि हामीले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हौं ।’ सहभागीहरुले निर्मलाको हत्या भएको सय दिन पुगेको झल्को दिन मानव साङ्लोमार्फत सय बनाएर केहिबेर प्रदर्शन गरेका थिए । मानव साङ्लो निर्माणमा सहभागीहरुले प्ले कार्ड मार्फत ‘जस्टिस फर निर्मला’ भन्ने नारा समेत बनाएका थिए ।