Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

खतिवडाको ढुकढुकी सार्वजनिक

Tuesday, October 30, 2018 National Power

काठमाण्डौ  – गीतकार नारायण खतिवडाको ढुकढुक बजारमा आएको छ । सरकारी सेवाको ब्यस्ततालाई समय ब्यावस्थापन गर्दै ढुकढुक एल्बम मार्फत फेरी सांगितिक बजारमा आफ्नो सृजनालाई श्रोता माझ लिएर आएका छन् ।

नौलौ शैली संगीत र समाजसेवा लाई सगै अघि बढाउने उदेश्यले वाल दिवसको अवसर पारेर काठमाण्डौंको सितापाइलास्थित पुनर्बहोममा आश्रित बालबालिकालाई सहयोग गर्दै खतिवडाले आफ्नो एल्बम सार्वजनिक गरेका हुन् ।

गीतलाई उत्कृष्ठताका साथ शिलाबहादुर मोक्तान, धनबहादुर खड्का, महेश खड्का, आलोक श्री, ईश्वर अमात्य, दिपक शर्माले संगीत दिएका छन् । ढुकढुकी स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुदेखु, सन्देश पुर्याइदेउ, मेरो कथा, चोखो चोखो जस्ता मर्म स्पर्सी गीतहरु समावेश गरिएक छन् । गीतमा कुन्ती मोक्तान, मेलिना राई, शुभराज, दिपानारायण झा, मदनसिंह नेपाली र सहिमा श्रेष्ठको स्वर रहेको छ ।
मदनसिङ नेपाली, साहस शाक्य, बिक्रम कार्की, उदयराज पौडेल, ल्हाङ सुब्बाले सङीत संयोजन गरेका छन् ।

राष्ट्रिय, आधुनिक, समसामयिक गीतहरू समाबेस गरिएको गीतकार खतिवडाले जानकारी दिए । दीपानारायण झाको स्वर रहेको देखु देखु लाग्छ गीतको म्युजिक भिडियो राम श्रेष्ठले गरेका हुन् भने राजन शाही र अस्मी महर्जनको अभिनय रहेको छ ।