काठमाण्डौ – गीतकार नारायण खतिवडाको ढुकढुक बजारमा आएको छ । सरकारी सेवाको ब्यस्ततालाई समय ब्यावस्थापन गर्दै ढुकढुक एल्बम मार्फत फेरी सांगितिक बजारमा आफ्नो सृजनालाई श्रोता माझ लिएर आएका छन् ।
नौलौ शैली संगीत र समाजसेवा लाई सगै अघि बढाउने उदेश्यले वाल दिवसको अवसर पारेर काठमाण्डौंको सितापाइलास्थित पुनर्बहोममा आश्रित बालबालिकालाई सहयोग गर्दै खतिवडाले आफ्नो एल्बम सार्वजनिक गरेका हुन् ।
गीतलाई उत्कृष्ठताका साथ शिलाबहादुर मोक्तान, धनबहादुर खड्का, महेश खड्का, आलोक श्री, ईश्वर अमात्य, दिपक शर्माले संगीत दिएका छन् । ढुकढुकी स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुदेखु, सन्देश पुर्याइदेउ, मेरो कथा, चोखो चोखो जस्ता मर्म स्पर्सी गीतहरु समावेश गरिएक छन् । गीतमा कुन्ती मोक्तान, मेलिना राई, शुभराज, दिपानारायण झा, मदनसिंह नेपाली र सहिमा श्रेष्ठको स्वर रहेको छ ।
मदनसिङ नेपाली, साहस शाक्य, बिक्रम कार्की, उदयराज पौडेल, ल्हाङ सुब्बाले सङीत संयोजन गरेका छन् ।
राष्ट्रिय, आधुनिक, समसामयिक गीतहरू समाबेस गरिएको गीतकार खतिवडाले जानकारी दिए । दीपानारायण झाको स्वर रहेको देखु देखु लाग्छ गीतको म्युजिक भिडियो राम श्रेष्ठले गरेका हुन् भने राजन शाही र अस्मी महर्जनको अभिनय रहेको छ ।